Dark

नेकपा एमालेभित्र फेरि ओली–नेपाल टक्करः कसको पक्षमा कति केन्द्रीय सदस्य ? (सूचिसहित)

काठमाडौँ । नेकपा नामबारे सर्वोच्च अदालतको फैसलाले ऋषि कट्टेलको नेकपालाई वैधानिकता दिँदै अदालतले सत्तारूढ नेकपाको दर्ता मात्रै गरेन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच २०७५ जेठ ३ मा भएको एकतासमेत भंग गरिदियो। त्यसपछि फागुन २४ मा पेरिसडाँडामा बसेको प्रचण्डमाधव समूहको स्थायी कमिटीको बैठकले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) दुवै पार्टी अलग–अलग भएर जाने निर्णय गर्यो।

माधवकुमार नेपाल र झलनाथ खनालसहित पूर्वएमाले नेताको समूह पुरानै पार्टीमा फर्किने निष्कर्षमा पुगेको छ। नेता झलनाथ खनालले दुवै पार्टी अलग–अलग भएको जानकारी दिए। उनले एकीकृत भइसकेका पार्टीहरुलाई कानुनले नै दुईवटा पार्टीमा विभाजन गरेको भन्दै अदालतले गरेको फैसलालाई कार्यान्वयन गर्दै पार्टी एकताका पक्षमा काम गर्ने बताए। 

नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठक अन्तिम भएको बताए। उनले एमाले र माओवादी केन्द्रबीच पुनः पार्टी एकता गर्ने पहल जारी राख्ने बताए। प्रचण्ड–माधव नेपाल पक्षको स्थायी कमिटी बैठकको निर्णयबारे जानकारी दिँदै उनले केपी शर्मा अ‍ोलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने बताए।

आइतबार सर्वोच्च अदालतले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्यूँताइदिए पछिका दुई दिनमा विकसित घटना थियो यो।

सर्वोच्च अदालतले गरेको फैसलापछि नेकपा एमालेको त्यही पुरानो कमिटी अस्तित्वमा आयो। तीमध्ये विभिन्न कारण स्थान रिक्त भएकाले हाल २ सय २५ केन्द्रीय सदस्य छन्।

जसमध्ये केपी शर्मा ओलीसँग १ सय १७, माधव नेपालसँग १ सय ४, वामदेव गौतमसँग २ सदस्य छन् भने तीन जनाको पक्षधरता स्पष्ट हुन सकेको छैन।

अब बन्ने नेकपा एमालेको समीकरण पूर्वनिर्धारितजस्तै भएको महेश बस्नेतले बताए। जसअनुसार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग १ सय १७ जना केन्द्रिय सदस्य रहेको बुझिएको छ।

ओली समूह र नेपाल समूहमा कसको पक्षमा कति ?

हाल उपलब्ध २ सय २५ केन्द्रीय सदस्यमध्ये केपी शर्मा ओलीसँग १ सय १७, माधव नेपालसँग १ सय ४, वामदेव गौतमसँग २ सदस्य छन् भने तीन जनाको पक्षधरता स्पष्ट हुन सकेको छैन। अब बन्ने नेकपा एमालेको समीकरण पूर्वनिर्धारितजस्तै भएको महेश बस्नेतले बताए। जसअनुसार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग १ सय १७ जना केन्द्रिय सदस्य रहेको बुझिएको छ।

केपी शर्मा ओली समूह

केपी शर्मा ओली, ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, शंकर पोखरेल, किरण गुरुङ, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, पुष्प कँडेल, केशव बडाल, युवराज कार्की, सुशीला नेपाल, सूर्य थापा, काशीनाथ अधिकारी, विन्दा पाण्डे, विष्णु रिमाल, भानुभक्त ढकाल, डा. राजन भट्टराई, विशाल भट्टराई, महेश बस्नेत, नरुलाल चौधरी, डोरमणि पौडेल, राजेन्द्र गौतम, आनन्द पोखरेल, कैलाश ढुंगेल, रामेश्वर फुँयाल, कृष्ण राई, कर्ण थापा, खिमलाल भट्टराई, राधा ज्ञवाली, पद्मा अर्याल, थममाया थापा, गोमा देवकोटा, सुजिता शाक्य, महिम लिम्बु, शिवमाया तुम्बाहाङ्फे, सीता पौडेल, दलबहादुर राना, शेरधन राई, गोकुल घर्ती मगर, पार्वत गुरुङ, बलवीरप्रसाद चौधरी, कमलादेवी महतो, जगदीशप्रसाद कुसियत, योगनारायण यादव, बोमबहादुर विक, गुरु बराल, देवराज घिमिरे, कृष्णगोपाल श्रेष्ठ, जया घिमिरे, विजय सुब्बा, मनबहादुर जिसी, नारदमुनी राना, जुली महतो, मञ्जु चौधरी, शान्ता चौधरी, हरि राजवंशी, लालबाबु यादव, रघुवीर महासेठ, रामदयाल मण्डल, हरिनारायण महतो, वैजनाथ चौधरी, शेरबहादुर तामाङ, प्रेम आले, जगत विक, भगवत विश्वास नेपाली, ईश्वरी रिजाल, एकराज विक, नजिर मियाँ, सिराज महमद फारुकी, लालबहादुर थापा, हिक्मत कार्की, लीला गिरी, मायानाथ अधिकारी, खेममान खड्का, यामलाल कँडेल, गोरख बोगटी, महेश्वर पाठक, गणेशसिंह ठगुन्ना, माधव ढुंगेल, किशोर अधिकारी, खेमप्रसाद लोहनी, निरुदेवी पाल, सीता सुन्दास, मन केसी, विना श्रेष्ठ, भगवती चौधरी, गोविन्दबहादुर नेपाली, पूर्णसिंह दयाल, तिलबहादुर विक, तैयब हुसैन, मोहन बानियाँ, तिलक महत, रामशरण बस्नेत, भूपेन्द्र थापा, गुलाबजंग शाह, लक्ष्मी पोखरेल, हंसराज शाही, भैरबहादुर सिंह, विनोद ढकाल, गौरी ओली, आइन्द्र सुन्दर नेम्वाङ, चन्द्रबहादुर शाही, देवेन्द्र दाहाल, अच्युत मैनाली, देवी ज्ञवाली, रामेश्वर राना, विनोद श्रेष्ठ, एकबहादुर राना, भीम कार्की, बद्री न्यौपाने, खगराज अधिकारी, बिमला घिमिरे, प्रमोद नारायण यादव र लक्ष्मण ज्ञवाली ।

जम्माः ११७ 

माधवकुमार नेपाल समूह

झलनाथ खनाल, माधवकुमार नेपाल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे, अमृत बोहोरा, प्रदीप नेपाल, अरुण नेपाल, राजेन्द्र पाण्डे, टंक कार्की, डा. विजय पौडेल, प्रकाश ज्वाला, पर्शुमेघी गुरुङ, वेदुराम भुसाल, रघुजी पन्त, गंगालाल तुलाधर, राजेन्द्रकुमार राई, ठाकुर गैरे, तुलबहादुर गुरुङ, सोमप्रसाद पाण्डे, नागेन्द्र चौधरी, रामकुमार झाँक्री, गरिमा शाह, गौरा प्रसाई कोइराला, श्रीमाया थकाली, जयन्ती राई, सावित्रा भुसाल, रामप्रित पासवान, लक्ष्मण पौडेल, पशुपति चौलागाई, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, राजन राई, शेरबहादुर केसी, राजबहादुर बुढा, प्रकाश शाह, रचना खड्का, नीरा जैरु, कमलजंग राई दनुवार, सुरेन्द्र मानन्धर, हरिबहादुर राई, प्रतापलाल श्रेष्ठ, मेटमणि चौधरी, रामरति राम, प्रेमल खनाल, दिनेश राई, घनेन्द्र बस्नेत, केदार न्यौपाने, खगेन्द्र चुडाल, झपड रावल, महमद फारुन, सरोज यादव, सुधीर साह, सरला यादव, गंगा यादव, धर्मानाथ साह, यदुवंश झा, श्रीप्रसाद साह, रामचन्द्र यादव, रवीन्द्र बैठा, रामचन्द्र साह तेली, रत्नेश्वर गोइत, यज्ञराज सुनुवार, शत्रुधन महतो, बलदेव चौधरी, मो महफुज अन्सारी, चूडामणि जंगली, विश्वनाथ प्याकुरेल, विजय घिमिरे, जगन्नाथ खतिवडा, रविन कोइराला, धर्मराज निरौला, गणेश पहाडी, माधव अर्याल, सोम मिश्र, कृष्ण खनाल, रामकुमार ज्ञवाली, कल्याणी खड्का, प्रमेश हमाल, देवशंकर पौडेल, भास्कर काफ्ले, भैरवसुन्दर श्रेष्ठ, विक्रम शाही, विष्णु रिजाल, तिलकुमार मेयाङ्बो, बलराम बास्कोटा, केशवलाल श्रेष्ठ, वसन्त मानन्धर, निरज आचार्य, रवीन्द्र अधिकारी (पूर्वनवलपरासी), महेश रेग्मी, भानुभक्त जोशी, दिलु पन्त, नरेश खरेल, श्रीनाथ बराल, गोविन्दबहादुर शाह, शारदा सुवेदी, देउमान सम्बाहाम्फे । 

जम्माः १०४

नखुलेका २
लालबाबु पण्डित, लीला भण्डारी

वामदेव २
वामदेव गौतम, हरि पराजुली  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
29 %
WOW
5 %
 Like
10 %
Laugh
10 %
Sad
14 %
Angry
33 %

छुटाउनुभयो कि?

सबै