
खबरमुकाम । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका मोहनबहादुर केसी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
मंगलबार एक कार्यक्रमबीच माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ल र अध्यक्ष विमला केसीले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा माओवादीबाट विजयी भएका अन्य पदाधिकारीसँगै उनलाई पनि सम्मान गरिएको हो ।
‘उहाँ (मोहनबहादुर केसी) स्वतन्त्रबाट विजयी भएपनि अहिले पार्टीमै फर्किनुभएको छ र हामीले सम्मान गरेका हौं,’ प्रदेश अध्यक्ष केसीले भनिन् ।
केसी १ हजार ८ सय २२ मत प्राप्तसहित पालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनका प्रतिद्वन्दी माओवादी केन्द्रका उम्मेदवार डम्बरबहादुर शाहीले १ हजार ३ सय २५ मत पाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित
- गोकुल बास्कोटा भन्छन्ः रविले निस्फिक्री बोले, दागा धर्नुभन्दा जवाफ दिनु राम्रो
- सुखडमा जलाइयो कान्तिपुर दैनिक
- टर्कीमा भूकम्पः ज्यान गुमाउने २ सय नाघ्यो, १४ सय बढी घाइते
- सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
- सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए १० कित्ता ?
- तोरीको उत्पादन बढ्ने भएपछि किसान खुसी
- प्रधानमन्त्री र दलका प्रमुख सचेतकको छलफल सुरु