
खबरमुकाम । प्रदेश १ को समन्वय परिषद्को आज (मंगलबार) बसेको बैठकले ‘सञ्चालन कार्यविधि,२०७९’ स्वीकृत गरेको छ ।
प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले नयाँ कार्यविधि पारित गरेसँगै यसअघिको प्रदेश समन्वय परिषद् (बैठक सञ्चालन) कार्यविधि, २०७५ खारेज भएको छ । हालै सम्पन्न भएको स्थानीय चुनावपछिको पहिलो बैठकले परिषद्मा हरेक जिल्लाबाट एकजना जनप्रतिनिधि हुने गरी हाललाई १० जना मनोनीत गरिएको छ । जसमध्ये बाँकी समन्वय समिति गठनपश्चात मनोनित गरिने मुख्यमन्त्री सचिवालयले जनाएको छ ।
स्थानीय तहका प्रमुख वा उपप्रमुख वा जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुखमध्येबाट प्रदेशका १४ जिल्ला हरेकबाट एकजना हुनेगरी कम्तीमा एक तिहाइ महिलाको प्रतिनिधित्वसहित हाललाई १४ जना सदस्य मुख्यमन्त्रीले मनोनीत गर्ने व्यवस्था छ ।
को–को भए मनोनीत हेर्नुहोस् :–
–भोजपुरका अध्यक्ष दौलथकुमार कलुङ राई
–ओखलढुंगााका अध्यक्ष गम्बु शेर्पा
–उदयपुरका अध्यक्ष मानबहादुर केप्छाकी मगर
–सुनसरीकी उपप्रमुख संगीताकुमारी चौधरी
–धनकुटाकी उपाध्यक्ष गीता गुरुङ
–पाँचथरका उपाध्यक्ष सविता राई
–ताप्लेजुङका उपाध्यक्ष दुर्गाप्राद श्रेङचङवाङ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ‘विप्लव’को पत्रकार सम्मेलन भोलि
- कुमारी बैंकका ग्राहकलाई माइकल ग्रिल्स प्रालिमा विषेश छुट
- तरकारी ढुवानी गर्न इच्छाकामनाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने
- महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न
- जुम्लामा आगलागीबाट एक बालिकाको मुत्यु
- राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित
- गोकुल बास्कोटा भन्छन्ः रविले निस्फिक्री बोले, दागा धर्नुभन्दा जवाफ दिनु राम्रो
- सुखडमा जलाइयो कान्तिपुर दैनिक