
खबरमुकाम। यस वर्षको मनसुन थप दुई प्रदेशमा प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागले एक विशेष बुलेटिन निकालेर लुम्बिनी र कर्णाली प्रदेशसम्म मनसुन प्रवेश गरेको जनाएको छ।
नेपालको प्रदेश नं १ मा गत जेठ २२ र मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा जेठ २६ गते मनसुन प्रणाली आगमन भएको थियो । यससँगै मनसुन प्रवेश भएको प्रदेश छवटा पुगेको छ । देशका बाँकी रहेको भू–भागमा केही दिनभित्रमा मनसुन प्रणाली प्रवेश हुने सम्भावना रहेको विभागले जनाएको छ।
यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको थियो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यसै सन्दर्भमा यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ र सोहीअनुसार नियमितरूपमा अद्यावधिक गर्दै जाने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित
- गोकुल बास्कोटा भन्छन्ः रविले निस्फिक्री बोले, दागा धर्नुभन्दा जवाफ दिनु राम्रो
- सुखडमा जलाइयो कान्तिपुर दैनिक
- टर्कीमा भूकम्पः ज्यान गुमाउने २ सय नाघ्यो, १४ सय बढी घाइते
- सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
- सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए १० कित्ता ?
- तोरीको उत्पादन बढ्ने भएपछि किसान खुसी
- प्रधानमन्त्री र दलका प्रमुख सचेतकको छलफल सुरु