
खबरमुकाम । धनुषाको बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले करारका एक कर्मचारीलाई एकैदिन तीन महिनाको हाजिर गराई तलबभत्ता खुवाएका छन्।
प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले झण्डै एक वर्षदेखि करारमा रौतहट घर भएका शौरभ कुशवाहा नामका इन्जिनियर राखेका छन् । करारमा राखे पनि कहिल्यै कार्यालय नआउने इन्जिनियर कुशवाहालाई अधिकृत जोशीले एकैदिन तीन महिनाको हाजिर गराई तलबभत्ता खुवाएका हुन् ।
नवनिर्वाचित गाउँपालिका अध्यक्ष राम अशिष महतोले पनि सो कुराको पुष्टि गरेका छन् । आफू निर्वाचित भएर आएदेखि कहिल्यै कार्यालयमा नदेखिएको इन्जिनियर कुशवाहाको हालसालै रजिस्ट्रारमा भने तीन महिनाकै नियमित हाजिरी देखिएको अध्यक्ष महतोले बताए ।
करारमा रहे पनि कहिल्यै कार्यालय नआउने इन्जिनियर कुशवाहालाई प्रशासकीय अधिकृत जोशीले तीन-चार महिनामा एकैपटक हाजिरी गराई तलब खुवाउने गरेको कार्यालय स्रोतको दाबी छ ।
गाउँपालिकाकाले अधिकृत सुमन पुरीले बाहिर फिल्डमै काम गर्ने भएकाले इन्जिनियर कुशवाहालाई बेलाबेला तलब खुवाउने गरिएको स्वीकार गरेका छन् भने यो विषयमा प्रशासकीय अधिकृत जोशीले भने कुरा गर्न मानेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न
- जुम्लामा आगलागीबाट एक बालिकाको मुत्यु
- राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित
- गोकुल बास्कोटा भन्छन्ः रविले निस्फिक्री बोले, दागा धर्नुभन्दा जवाफ दिनु राम्रो
- सुखडमा जलाइयो कान्तिपुर दैनिक
- टर्कीमा भूकम्पः ज्यान गुमाउने २ सय नाघ्यो, १४ सय बढी घाइते
- सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
- सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए १० कित्ता ?