
खबरमुकाम । पोखरामा एक हप्ता अगाडि एनएमबी बैंकको एटिएम मेसिन फोडेर १५ लाख चोरी भएकोमा चोरी गरेर फरार हुनेलाई प्रहरीले हालसम्म पहिचानसमेत गर्न सकेको छैन ।
पोखरा महानगरपालिका वडा नं २६ को अर्घौचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोरेर रकम चोरी भएको एक हप्ता बितिसक्दा पनि कास्की प्रहरीले आरोपीको सुइको सम्म पाउन सकेको छैन ।
एटिएमभित्रको पैसा राख्न प्रयोग भएका बाकस भोलिपल्ट नै प्रहरीले भेट्टाए पनि प्रहरीले घटनामा संलग्न व्यक्ति भने अझै पत्ता लाग्न नसकेपछि कास्कीको सुरक्षाको व्यवस्थामा चुनौती थपिएको छ । यस घटनाभन्दा केही दिन अगाडि पनि पोखराको न्युरोडमा रहेको एनआईसी एसिया बैकको एटिएम फोड्ने प्रयाससमेत भएको थियो ।
पोखरामा समय-समयमा एटिएम मेसीन फोड्ने प्रयास हुँदै गर्दा बैंक तथा वित्तीय संस्था र प्रहरीले पनि झन् सावधानी अपनाउनु पर्ने अवस्था आएको छ । पटकपटक एकै प्रकृतिको घटना दोहोरिँदै गर्दा यति बेला सामाजिक संजालदेखि मिडियासम्म यस बारेमा बहस शुरू भएको छ ।
चोरीको घटना बाहिर आएपछि बैंकले सुरक्षा गार्डको व्यवस्थापन गरेका थिए कि थिएनन् ? एटिएम मेसिन राम्रोसँग लक गरिएको थियो कि थिएन ? एनएमबी बैंक चोरीपछि अर्को बैंक चोर्न गएका हुन् वा दुईवटा बैंकमा चोर्न पुग्ने एउटै व्यक्ति हुन् ? लगायतका विभिन्न प्रश्नहरू आइरहेका छन् ।
त्यस्तै, उत्कृस्ट बैंकको रूपमा चिनिँदै आएको बैंकको एटिएम मेसिन नै फोडेर भागेको समाचार आएपछि बैंकको सुरक्षामा पनि प्रश्न आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित
- गोकुल बास्कोटा भन्छन्ः रविले निस्फिक्री बोले, दागा धर्नुभन्दा जवाफ दिनु राम्रो
- सुखडमा जलाइयो कान्तिपुर दैनिक
- टर्कीमा भूकम्पः ज्यान गुमाउने २ सय नाघ्यो, १४ सय बढी घाइते
- सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
- सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए १० कित्ता ?
- तोरीको उत्पादन बढ्ने भएपछि किसान खुसी
- प्रधानमन्त्री र दलका प्रमुख सचेतकको छलफल सुरु