
खबरमुकाम । निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन) विरुद्ध एक नाबालिकलाई जबर्जस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । पीडितका तर्फबाट वडा अध्यक्ष श्रेष्ठविरुद्ध मंगलबार ईलाका प्रहरी कार्यलय निजगढमा जाहेरी परेको हो ।
श्रेष्ठले १५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लोख छ । दशैंको टिकाका दिन असोज १९ गते अध्यक्ष श्रेष्ठले आफ्नै घरमा आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी हुन् । अध्यक्ष श्रेष्ठविरुद्ध उजुरी परेको प्रहरी स्रोतले पुष्टि ग¥यो ।
‘अध्यक्ष श्रेष्ठविरुद्ध जबर्जस्ती करणीको आरोपमा पीडितका तर्फबाट उजुरी आएको छ, उजुरीमाथि प्रहरीले अनुसन्धान अघि बढाइसकेको र यस विषयमा अहिले बाहिर केही उल्लेख गर्न मिल्दैन,’ प्रहरी स्रोतले भन्यो ।
तर, यो विषय प्रारम्भिक अनुसन्धान भइरहेको भन्दै प्रहरीका कुनै पनि अधिकारी औपचारिक रूपमा बोल्न मानेनन् । गत वैशाखमा भएको स्थानिए निर्वाचनमा श्रेष्ठ नेपाली कांग्रेस पार्टीबाट वडा अध्यक्षमा विजयी भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- टर्की र सिरियाका भूकम्पपीडितका लागि राष्ट्रसंघको आकस्मिक उद्वार र सहयोग
- ‘विप्लव’को पत्रकार सम्मेलन भोलि
- कुमारी बैंकका ग्राहकलाई माइकल ग्रिल्स प्रालिमा विषेश छुट
- तरकारी ढुवानी गर्न इच्छाकामनाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने
- महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न
- जुम्लामा आगलागीबाट एक बालिकाको मुत्यु
- राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित
- गोकुल बास्कोटा भन्छन्ः रविले निस्फिक्री बोले, दागा धर्नुभन्दा जवाफ दिनु राम्रो