
खबरमुकाम। नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष विदेशी मुद्रा आप्रवाह (रेमिट्यान्स) झण्डै २० प्रतिशतले बढेको छ।चालु आर्थिक वर्षको साउन र भदौ महिनामा रेमिट्यान्स १९.८ प्रतिशतले बढ्दै १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ पुगेको हो।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११.३ प्रतिशतले वृद्धि भई १ अर्ब ४७ करोड पुगेको बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १६९.९ प्रतिशतले वृद्धि भई १,०३,८९८ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७०.६ प्रतिशतले वृद्धि भई ३९,१८९ पुगेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४२९.५ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर १९.५ प्रतिशतले वृद्धि भई रु.२ खर्ब ६ अर्ब ४६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६.० प्रतिशतले घटेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित
- गोकुल बास्कोटा भन्छन्ः रविले निस्फिक्री बोले, दागा धर्नुभन्दा जवाफ दिनु राम्रो
- सुखडमा जलाइयो कान्तिपुर दैनिक
- टर्कीमा भूकम्पः ज्यान गुमाउने २ सय नाघ्यो, १४ सय बढी घाइते
- सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
- सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए १० कित्ता ?
- तोरीको उत्पादन बढ्ने भएपछि किसान खुसी
- प्रधानमन्त्री र दलका प्रमुख सचेतकको छलफल सुरु