
खबरमुकाम। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन बचाउनु अति आवस्यक रहेको बताएका छन्।
शुक्रबार रुपन्देहीको बुटवलमा आयोजित प्रदेश स्तरीय संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भोलिका दिनमा पनि गठबन्धनकै सरकार बनने कुरामा बिश्वस्त हुन आग्रह गरेका हुन।
‘पार्टीले यो गठबन्धन बचाउनु अति आवस्यक छ । यसमा कुनै शंका उपशंका गर्ने ठाउँ दिनुहुँदैन । अझै केही वर्षसम्म नेपालमा समावेशिता, संविधान र गणतन्त्र बचाउन गठबन्धन आवश्यक छ, गठबन्धनको खिलाफमा एउटा तागत लागिरहेको छ, भन्न थालिसके राजावादी तागत नै राष्ट्रवादी हो रे ।’
उनले हामी को अराष्ट्रवादी छौं यहाँ ? भन्दै प्रश्न समेत गर्दै भने; लडेर ल्याउने हामी, अनि हामी नै अराष्ट्रिय हुनसक्छ? त्यसकारण राजावादी राष्ट्रवादी होइनन्। राष्ट्रवादी पनि हामी हौं, लोकतन्त्रवादी पनि हामी हौं, समाजवादी पनि हामी हौं’।
‘लालसलाम पनि हामी हौं, जय नेपाल पनि हामी हौं ।’ अभिवादन पनि हामी हौं । गठबन्धनलाई कुनैपनि बहानामा शंका उपशंका गराउनहुने र अझै १०, १५ वर्ष किटाउनुपर्ने बताए । उनले भने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ‘नागरिकता विवादमा भइरहँदा नेतृत्वमा पुग्नु नैतिकताको विषय हो’
- स्याङ्जामा १३ तोला सुन चोरी
- पिकअप गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
- फेरी आउँदैछ २० हजार कित्तासम्म भर्न पाइने नयाँ आईपीओ !
- अनेरास्ववियुले जलायो शिक्षामन्त्री खनालको पुत्ला
- सिटिजन्स बैंकका ग्राहकलाई जर्मन होम्स हस्पिटालिटीका सेवाहरुमा छुट
- लोकदोहोरी गायक भीम पौडेलको निधन
- गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सुरु