
खबरमुकाम। गण्डकी प्रदेश सरकारको कर घटाउने निर्णयमा निर्वाचन आयोगले दोस्रो पटक स्पष्टीकरण सोधेपछि सो निर्णय प्रदेशले सो निर्णय खारेज गरेको छ।
गण्डकी प्रदेश सरकारले करको दर घटाएपछि आयोगले कात्तिक ४ गते पहिलोपटक स्पष्टीकरण सोधेको थियो। त्योपछि बुधबार पनि दोस्रो पटक २४ घण्टे स्पष्टीकरण सोधिएको हो।
तर, मुख्यमन्त्री कार्यालयमा सोमबार मात्र पत्र प्राप्त भएको भन्दै सोही पत्र अनुसार गण्डकी प्रदेश सरकारले करको दर घटाउने निर्णय खारेज गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्ले आचारसंहिता लागु हुनु पूर्व नै कर घटाउने निर्णय गरेको भए पनि राजपत्रमा आचारसंहिता लागु भएपछि प्रकाशन गरेको थियो। प्रदेश सरकारले मंगलबार नै करको दर खारेज गरेको स्पष्टीकरण पठाउने भएको छ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड खमा वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने' भन्ने उल्लेख छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेपालको समग्र हीतको रक्षापछि मात्रै संसदको अवरोध हट्छ : ओली
- एक घण्टाका लागि स्थगित प्रतिनिधि सभा बैठक भोलि बस्ने
- नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, एक अर्ब ६५ करोडको कारोबार
- संसद् बैठक १ घण्टाका लागि स्थगित
- सरकारले नै संविधान मिच्यो : एमाले सचेतक गिरी
- शान्तिराम भट्टराईद्वारा रचित ‘चन्द्र सूर्य राष्ट्रिय गीत’ सार्वजनिक
- पार्टीको नेतृत्व गर्ने अवसर युवा पुस्तालाई दिने देउवाको उद्घोष [भिडियो]
- सेयर लगानीकर्ताहरूले लगाए ब्रोकर अफिसमा ताला