
खबरमुकाम। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डोटी केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितको उद्धार र राहतमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले प्राकृतिक विपत्तिको यो दु:खद घडीमा घाइतेहरूको यथाशीघ्र उद्धार, राहत तथा पुनर्स्थापनाका लागि तत्काल पहल गर्न, प्रभावित परिवारलाई क्षतिपूर्ति दिन प्रदेश र सङ्घीय सरकारसँग अपिल गरेका छन् ।
‘भूकम्पमा परि घाइते तथा प्रभावित परिवारको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । प्रभावित जनतालाई उद्धार तथा राहतमा जुट्न मातहतका पार्टी कमिटीका कमरेडहरूलाई निर्देशित गर्न चाहन्छु’ मृतजनहरुमा श्रद्धाञ्जली व्यक्त गर्दै प्रचण्डले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न
- जुम्लामा आगलागीबाट एक बालिकाको मुत्यु
- राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित
- गोकुल बास्कोटा भन्छन्ः रविले निस्फिक्री बोले, दागा धर्नुभन्दा जवाफ दिनु राम्रो
- सुखडमा जलाइयो कान्तिपुर दैनिक
- टर्कीमा भूकम्पः ज्यान गुमाउने २ सय नाघ्यो, १४ सय बढी घाइते
- सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
- सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए १० कित्ता ?