
खबरमुकाम। पुस ५ गतेदेखि एक महिना चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा दैनिक चार घन्टा सवारी साधन रोकेर पुल निर्माणको काम गरिने भएको छ।
यस सडकखण्डमा पर्ने चार वटा पुल; सिमलताल, कालीखोला, तुइनखोला र चिसेन्जी खोलामा पुल निर्माण गर्नका लागि सवारी साधन नै रोकेर कामलाई तीव्रता दिन लागिएको हो।
यही पुस ५ गतेदेखि बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म एक महिना हरेक दिन सवारी साधन सञ्चालनमा रोक लगाइने सडक आयोजनाले जानकारी दिएको छ।
सवारी साधन रोकेर काम गर्ने समयमा सवारी साधन तोकिएका स्थानमा पार्किङ गरी राख्न पनि आयोजनाले आग्रह गरेको छ। साथै वैकल्पिक सडक प्रयोग गर्न सकिने अवस्थामा त्यस्ता सडक प्रयोग गर्नसमेत भनिएको छ।
यस्तो छ सुचनाः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित
- गोकुल बास्कोटा भन्छन्ः रविले निस्फिक्री बोले, दागा धर्नुभन्दा जवाफ दिनु राम्रो
- सुखडमा जलाइयो कान्तिपुर दैनिक
- टर्कीमा भूकम्पः ज्यान गुमाउने २ सय नाघ्यो, १४ सय बढी घाइते
- सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
- सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए १० कित्ता ?
- तोरीको उत्पादन बढ्ने भएपछि किसान खुसी
- प्रधानमन्त्री र दलका प्रमुख सचेतकको छलफल सुरु