Dark

मंसिर ४ मा सम्पन्न निर्वाचनको अन्तिम नतिजा सार्वजनिक

 

खबरमुकाम। निर्वाचन आयोगले मंसिर ४ गते मा सम्पन्न  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ।

आयोगले बुधबार पत्रकार सम्मेलन गरी प्रत्यक्ष र समानुपातिक निर्वाचन तर्फको परिणाम सार्वजनिक गरेको हो। 

 

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा तर्फ १६५ प्रत्यक्ष र समानुपातिकतर्फ ११० सिट तथा प्रदेशसभा तर्फ ३३० र २२० सिटको परिणाम सार्वजनिक गर्दै समग्र नतिजा सकारात्मक भएको बताए। 

आयोगले मंसिर २९ गते राष्ट्रपतिलाई प्रतिवदेन बुझाउने र पुस २ गते सातै प्रदेशमा प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउने प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै