
सिक्किमेली स्रष्टा जीविका ‘अश्रु’को गजलसंग्रह ‘आकाश मेरो पनि’ शुक्रबार एक समारोहका बीच विमोचन गरिएको छ । राष्ट्रिय जनसाहित्यिक संघ, नेपालको आयोजना र राम विनयको सभाध्यक्षतामा सम्पन्न समारोहको प्रमुख अतिथि जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष प्रेमनाथ अधिकारी थिए ।
कार्यक्रममा डा. देवी नेपालले कृतिको समीक्षा गर्दै संग्रहभित्रका गजलले जुनसुकै चुनौतीको सामना गर्न पनि सामथ्र्य रहेको बताए । उनले गजल पूणर्तः आशावादी रहेको पनि बताए । गजलतर्फ बढेका पाइला अब नमोड्न पनि उनको आग्रह थियो ।
यस्तै विशिष्ट अतिथि स्नेह सायमिले साहित्यको सिमाना नहुने बताउँदै नेपालकी चेली जीविका अश्रु सिक्किममा रहेर भाषा साहित्यको सेवामा अनवरत लागिरहेको बताए ।
अर्का विशिष्ट अतिथि डेउडा गायक नन्दकृष्ण जोशीले आफूले कान्तिपुर रेडियो कार्यक्रममा वाचन गर्ने गरेका गजलको स्मरण गर्दै आज यहाँ पुस्तकाकारमा आएको कृति ‘आकाश मेरो पनि’ विमोचनको कार्यक्रम काठमाडौँमा भएको हुँदा यसले स्रष्टाहरूलाई एकै मालामा गाँसेको विचार व्यक्त गरे ।
कार्यक्रममा प्रमुख अतिथिले जीविकाको साहित्यिक चेत संगीतमय छ, साथै जातीय विभेद हटाएर एकताबद्ध भएर रहने चेत भएका गजल छन् भने ।
ज्ञानु विद्रोहीले कार्यक्रमको उद्घोषण गरेका थिए भने कार्यक्रमको संयोजन दीपेन्द्र बनेपालीले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित
- गोकुल बास्कोटा भन्छन्ः रविले निस्फिक्री बोले, दागा धर्नुभन्दा जवाफ दिनु राम्रो
- सुखडमा जलाइयो कान्तिपुर दैनिक
- टर्कीमा भूकम्पः ज्यान गुमाउने २ सय नाघ्यो, १४ सय बढी घाइते
- सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
- सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए १० कित्ता ?
- तोरीको उत्पादन बढ्ने भएपछि किसान खुसी
- प्रधानमन्त्री र दलका प्रमुख सचेतकको छलफल सुरु