
खबरमुकाम । कतार फिफा विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा आइतबार अर्जेन्टिना र फ्रान्स प्रतिस्पर्धा गर्दै छन् । यी दुई टिमबीचको उपाधि भिडन्त राति ८ः४५ देखि लुसेल स्टेडियममा सुरु हुनेछ । अर्जेन्टिना र फ्रान्स तेस्रोपटक विश्व च्याम्पियन बन्ने दाउमा छन् ।
जीवनकै अन्तिम विश्वकप खेलिरहेका अर्जेन्टाइन लियोनेल मेसी पाँचौ सहभागितालाई अविस्मरणीय बनाउने योजनामा हुँदा फ्रान्स लगातार दोस्रोपटक उपाधि हात पार्न चाहन्छ । फ्रान्सले गत संस्करणमा क्रोएसियालाई हराउँदै उपाधि जितेको थियो । त्यसअघि उसले १९९८ को विश्वकप ट्रफी हात पार्यो । त्यस्तै, तेस्रोपटक नै विश्वकप उपाधिको खोजीमा रहेको अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ मा ट्रफी आफ्नो नाममा गरेको थियो ।
विश्वकै सर्वोत्कृष्ट फुटबल खेलाडीको अवार्ड बालोन डीओर कीर्तिमानी सात पटक जितेका लियोनेल मेसी अर्जेन्टिनालाई विश्वकपको उपाधिसहित करिअर सार्थक पार्ने अभियानमा छन् । अर्जेन्टिनी टिमको मुख्य हतियारका रुपमा लिइएको मेसीले उपाधि जित्न नसकेको प्रतियोगिता विश्वकप मात्रै हो । सन् २००६ मा जर्मनीमा भएको विश्वकपदेखि निरन्तर सहभागिता जनाइरहेका मेसीले अहिलेसम्म विश्वकपमा २५ खेल खेलेका छन् । आज फ्रान्सविरुद्ध मैदान प्रवेश गरेसँगै मेसी विश्वकपकै सर्वाधिक खेल खेल्ने खेलाडी बन्नेछन् ।
यता, सन् १९९८ र २०१८ मा उपाधिमाथि कब्जा जमाएको फ्रान्स लगातार उपाधि रक्षा गर्ने तेस्रो टोली बन्ने रणनितिमा छ । नयाँ खेलाडीलाई टिममा समावेश गरेको फ्रान्सले विश्वकपको यस संस्करणमा सुरुवातबाटै राम्रो प्रर्दशन गर्दै आएको छ । नयाँ भूमिकामा एन्टोनी ग्रिजमन उत्कृष्ट प्ले–मेकर दरिएका छन् । उनीसँगै २३ वर्षीय फरवार्ड केलियन एमबाप्पे र ओलिभर जिरुडमा फ्रान्सेली टिम निर्भर छ ।
आजको खेल पोल्यान्डका रेफ्री सिमन मार्सिनियाकले खेलाउने छन् । विश्वकप इतिहासमा फाइनल खेल खेलाउने मार्सिनियाक पोल्यान्डका पहिलो रेफ्री हुन् । फाइनलका दुवै सहायक रेफ्री पनि पोल्यान्डकै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित
- गोकुल बास्कोटा भन्छन्ः रविले निस्फिक्री बोले, दागा धर्नुभन्दा जवाफ दिनु राम्रो
- सुखडमा जलाइयो कान्तिपुर दैनिक
- टर्कीमा भूकम्पः ज्यान गुमाउने २ सय नाघ्यो, १४ सय बढी घाइते
- सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
- सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए १० कित्ता ?
- तोरीको उत्पादन बढ्ने भएपछि किसान खुसी
- प्रधानमन्त्री र दलका प्रमुख सचेतकको छलफल सुरु