
खबरमुकाम । मोडल एंव निर्देशक अभी लामा र अनिता गोले अभिनित ‘दर्शन होर्छे’ बजारमा आएको छ ।
आनभी प्रोडक्सनको अफिसियल युटुब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको हो । उक्त गीतलाई वरिष्ठ गायक एंव संगीतकार विश्व दोङले शब्द रचना, संगीत, संगीत संयोजन र गाएका हुन् ।
त्यस्तै, फिमेल भोकलमा सुमिना लोले साथ दिएकी छन । दिपेश प्रधानले मिक्सिङ गरेको उक्त गीतलाई सरगम स्टुडियोमा रेकर्ड गरेका हुन् ।
मोडल एंव निर्देशक अभी लामा, अनिता गोले,प्रेम थिङ, रोहनी लामा र कुइसाङ रुम्बा (अतिथी कलाकार)को अभिनय समेटिएको म्युजिक भिडियोलाई उनै मोडल एंव निर्देशक अभी लामाले निर्देशन र कोरियोग्राफी गरेका हुन् ।
विशाल थापा र सजित के घिसिङले छायांकन,फराज अर्पणले सम्पादन, सजित के घिसिङले ड्रोन छायांकन गरेको म्युजिक भिडियोलाई ९ वटा अडियो प्लेटफर्मबाट सार्वजानिक गरिएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित
- गोकुल बास्कोटा भन्छन्ः रविले निस्फिक्री बोले, दागा धर्नुभन्दा जवाफ दिनु राम्रो
- सुखडमा जलाइयो कान्तिपुर दैनिक
- टर्कीमा भूकम्पः ज्यान गुमाउने २ सय नाघ्यो, १४ सय बढी घाइते
- सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
- सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए १० कित्ता ?
- तोरीको उत्पादन बढ्ने भएपछि किसान खुसी
- प्रधानमन्त्री र दलका प्रमुख सचेतकको छलफल सुरु