Dark

गीतकार शान्तिराम भट्टराईको ‘जय जय हो नेपाल’ सार्वजनिक

खबरमुकाम । गीतकार शान्तिराम भट्टराईको शब्द रचनामा रहेको गीत  ‘जय जय हो नेपाल’ सार्वजनिक भएको छ । जसमा शक्ति बल्लभको संगीत रहेको छ भने मनोहर सुनामको संगीत संयोजन रहेको छ ।

राष्ट्रिय भावनाले ओतप्रोत भएको गीत ‘जय जय हो नेपाल’ मा गायक सुमित खड्काको स्वर सुन्न सकिन्छ । यस गीतको रेकर्डिङ तथा मिक्सिङको कार्य भने भोला पौडेलले गरेका छन् ।

आयुस घले मगरले निर्माण गरेको भिडीयोमा प्रदीप थापा, नुरज ठकुरी, अभिसेक सुनार, दिपक भण्डारी, कला लिम्बु र सम्झना तामाङको अभिनय रहेको देख्न सकिन्छ । 

गीति लेखनमा सक्रिय गीतकार भट्टराईले यसअघि नै ‘भाग्य लेख्ने मसी’ र ‘अनायासै मेरा हात’ सार्वजनिक गरिसकेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै