
खबरमुकाम । विश्वव्यापी टेक्नोलोजी ब्रान्ड, भिभोले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै आधुनिक फिचर भएका स्मार्टफोनहरु बजारमा पस्किदै आइरहेको छ।
भिभोले पुनः आफ्नो युवा केन्द्रित वाई सिरिज पोर्टफोलियोमा दुई नयाँ स्मार्टफोनहरू वाई २२ र वाई २२एस सार्वजनिक गरेको छ।
उक्त स्मार्टफोनहरु सुलभ मूल्यमा प्रिमियम क्यामेरा सुविधाहरू, शक्तिशाली कार्यसम्पादन तथा अन्य आकर्षक विशेषताका लागि परिचित रहेको कम्पनीको दाबी छ । यो स्मार्टफोन ग्राहकहरुको लागि उत्तम फोन साबित हुने कम्पनले जनाएको छ ।
वाई २२ र वाई २२एस दुई उत्कृष्ट र आकर्षक कलर भेरियन्टमा आउँछन् । यसको स्टारलिट ब्लू कलर भेरियन्टले ब्रम्हाण्डको चम्किलो ताराहरुको आभास गराउँदछ ।
यो फिंगरप्रिन्ट प्रतिरोधी हुनका साथै हातमा बोक्न पनि सहज र आरामदायक छ । त्यस्तै वाई२२ को मेटाभर्स ग्रीन र वाई२२एस को समर क्यान कलर भेरियन्ट मेटाभर्सबाट प्रेरित भएर उन्नत टेक्स्चरिंग प्रविधिहरू मार्फत बनाइएको छ ।
यस्तै, वाई२२ र वाई२२एस को डिजाइन सरल, सुरुचिपूर्ण भएपनि निकै आकर्षक छ । यो उपकरणको करनरहरु स्मुद छ भने यसमा समतल फ्रेम, र २.५डी वक्रता छ । यसमा पछाडि दुईवटा ठूला क्यामेराहरू छन् जसले परिष्कृत र सुन्दर तस्वीरहरु खिच्छ ।
यसमा एन्टी–ग्लेयर (एजी) फ्रोस्टेड सतह छ जसले स्क्र्याच र फिंगरप्रिन्ट प्रतिरोधी बनाउँदै मजबुद अनुभूति दिन्छ । यसमा साइड फिंगरप्रिन्ट स्क्यानर र फेस वेक प्रकार्य जस्ता नयाँ सुविधाहरू पनि समावेश छन् ।
साइड फिंगरप्रिन्ट डिजाइनले स्मार्टफोनहरूलाई पावर बटन र फिंगरप्रिन्ट स्क्यानरको संयोजन गरेर थप सौन्दर्यपूर्ण रूप दिन्छ । वाई२२ सिरिजको ६.५५ इन्चको एचडी कलर–रिच स्क्रिनले प्रयोगकर्ताहरूलाई एकदम स्पष्ट र गुणस्तरिय जीवन्त दृश्य प्रदान गर्दछ । साथै, आँखाको सुरक्षाका लागि आई प्रोटेक्शन मोड पनि छ ।
उत्कृष्ट गुणस्तरको क्यामेरा र पर्फमेन्शका लागि ब्याट्रीको पनि उत्तिकै अहम भूमिका हुन्छ । भिभो वाई२२ सिरिजमा ५००० एमएएच ब्याट्री र १८ वाट्टको टाईप सी चार्जर छ । यी स्मार्टफोनहरू गेमहरू खेल्न र अनलाइन चलचित्रहरू स्ट्रिम गर्नका लागि पनि उत्तम छन् ।
वाई २२ मा शक्तिशाली मिडिया टेक हेलियो जी८५ प्रोसेसर छ, भने वाई२२ एसमा स्न्यापड्रेगन ६८० प्रोसेसर छ । वाई२२ एसमा अल्ट्रा गेम मोडको साथमा मल्टि–टर्बो ५.५ सहितको एआई पावर सेभिङ टेक्नोलोजीसँग जोडिएको छ जसको चार्ज स्ट्यान्डबाइ अवस्थामा दुई दिनभन्दा बढि टिक्छ ।
दुबै मोडेलमा ५० एमपी रियर क्यामेरा छ जसले ग्राहकहरूको समग्र फोटोग्राफी र भिडियोग्राफी अनुभवहरू बढाउँछ । चाहे तपाइँको मनपर्ने डिनर कार्यक्रम होस्, वा एक प्रोफेशनल हेडशट, वाई २२ सिरिजको क्यामेराले जुन कुनै परिस्थितिहरूमा पनि कहिले निराश गर्दैन ।
यसको भिडियो फेस ब्यूटी मोडले प्रयोगकर्तालाई उत्कृष्ट सेल्फी वा भिडियो खिच्न मद्दत गर्दछ । पछाडिको क्यामेरामा, सुपर नाइट मोडले बहु–फ्रेम डि–नोइजिङको प्रयोग गर्दछ जसले प्रयोगकर्ताहरूलाई कम उज्यालो अवस्थामा पनि रातको सुन्दर दृश्यहरू खिच्न अनुमति दिन्छ ।
अर्कोतर्फ, मल्टि स्टाइल पोर्ट्रेटले व्यक्तिगत पोर्ट्रेट खोज्ने प्रयोगकर्ताहरूको लागि विभिन्न पोर्ट्रेट सुविधाहरु प्रदान गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- कुमारी बैंकका ग्राहकलाई माइकल ग्रिल्स प्रालिमा विषेश छुट
- तरकारी ढुवानी गर्न इच्छाकामनाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने
- महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न
- जुम्लामा आगलागीबाट एक बालिकाको मुत्यु
- राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित
- गोकुल बास्कोटा भन्छन्ः रविले निस्फिक्री बोले, दागा धर्नुभन्दा जवाफ दिनु राम्रो
- सुखडमा जलाइयो कान्तिपुर दैनिक
- टर्कीमा भूकम्पः ज्यान गुमाउने २ सय नाघ्यो, १४ सय बढी घाइते