
खबरमुकाम । बैतडीका गायक तिलकसिंह पेलाको नयाँ गजल ‘के लत बस्यो मलाई’ ले यतिबेला चर्चा पाईरहेको छ । डा. प्रदीपकुमार मैनालीले लेखेको यो गजलमा पेलाले मिठो स्वर र संगीत भरेका छन्।
बैतडीको दशरथचन्द नगरपालिका वडा नं. ६ कुरला भन्ने गाउँमा जन्मेका गायक पेलाको यो गजल पाँच दिनअघि मात्र उनको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको थियो । पेलाले स्वर दिएको यो गजल यतिबेला नेपाली संगीतप्रेमीमाझ चर्चामा छ ।
गजललाई रिदम कँडेलले संयोजन गरेका हुन्। सारंगीमा धर्म गन्धर्व, तबलामा जगन्नाथ धौगोडा, बाँसुरीमा नगेन्द्रविक्रम राई र पियानोमा रिदम कँडेल रहेका छन्।
सामाजिक सञ्जाल–फेसबुक, टिकटक, युट्युब प्रयोगकर्ताले भाइरल गीतको होडमा यो गीतले मौलिकता र सिर्जना अझै कायम छ भन्ने सन्देश दिन खोजेको बताइरहेका छन् । संगीतकर्मीहरुले समेत गीतलाई अर्गानिक र आत्मपरक भन्दै मुक्तकण्ठले प्रशंसा गरिरहेकाछन् ।
विसं २०५३ सालमा आफ्नै गायन तथा सङ्गीतमा आँशु एल्बम बजारमा ल्याएका गायक तथा सङ्गीतकार पेलाले २०५४ सालमा आँसु भाग २ ल्याएका थिए । त्यतिबेला आँसु एल्बमले पनि चर्चा पाएको थियो ।
अहिले फेरी पेलालाई साधारण शब्द तर मार्मिक एवं भावयुक्त गीत ‘के लत बस्यो मलाई’ले चर्चामा ल्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- पुस महिनामा मात्रै भित्रियो ९ खर्ब ६१ अर्ब रेमिट्यान्स
- टर्की र सिरियाका भूकम्पपीडितका लागि राष्ट्रसंघको आकस्मिक उद्वार र सहयोग
- ‘विप्लव’को पत्रकार सम्मेलन भोलि
- कुमारी बैंकका ग्राहकलाई माइकल ग्रिल्स प्रालिमा विषेश छुट
- तरकारी ढुवानी गर्न इच्छाकामनाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने
- महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न
- जुम्लामा आगलागीबाट एक बालिकाको मुत्यु
- राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित