.jpg)
खबरमुकाम । नेकपा एमालेका दामोदर भण्डारीले सपथ लिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय जनमत पार्टीका अब्दुल खानलाई जिम्मा लगाइने बताइएको छ ।
जनमत पार्टीबाट यसअघि उद्योग वा कृषि मन्त्रालयमध्ये एक अब्दुलले पाउने सत्ता गठबन्धनमा सहमति भएको थियो । तर, सहमतिविपरीत गठबन्धनले अब्दुललाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएपछि शपथ ग्रहण मै नगएका उनलाई भोलिसम्म रोजेकै मन्त्रालय दिइन लागिएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार आज साँझ वा भोलिसम्म अब्दुलले उद्योग मन्त्रालय पाउनेछन् । यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको सपथ ग्रहण गरेका नेकपा एमालेका दामोदर भण्डारीले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।
जनमत पार्टीले आफूले चाहेको मन्त्रालय नपाए सरकारबाट समर्थन फिर्ता लिने तयारी थालेपछि उद्योगमन्त्रीको सपथ लिइसकेका भण्डारीलाई खानेपानी मन्त्रालयमा पठाउन लागिएको स्रोतको बुझाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित
- गोकुल बास्कोटा भन्छन्ः रविले निस्फिक्री बोले, दागा धर्नुभन्दा जवाफ दिनु राम्रो
- सुखडमा जलाइयो कान्तिपुर दैनिक
- टर्कीमा भूकम्पः ज्यान गुमाउने २ सय नाघ्यो, १४ सय बढी घाइते
- सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
- सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए १० कित्ता ?
- तोरीको उत्पादन बढ्ने भएपछि किसान खुसी
- प्रधानमन्त्री र दलका प्रमुख सचेतकको छलफल सुरु