
खबरमुकाम । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सबैको नजर निगमतर्फ भएको भन्दै परिणाम निस्कने गरी काम गर्न नेपाल वायुसेवा निगमका कर्मचारीलाईलाई निर्देशन दिएका छन् ।
सोमबार वायुसेवा निगमको कार्यालय निरीक्षणका क्रममा मन्त्री किराँतीले एक सेकेन्डको पनि ठूलो महत्व रहने भन्दै निगमलाई तोकिएकै समयमा जहाज उडाउन निर्देशन दिएका हुन् ।
‘विश्वमा युद्ध लड्दा एक सेकेन्डको पनि ठूलो महत्व हुन्छ । तोकिएको समयमै जहाज उडाउनुहोस्, नेपाली समयलाई बदनाम नगराउनुहोस्,’ उनले भने ।
यात्रुहरुले टिकट नपाएको गुनासो बढेको भन्दै उनले एक महिनाभित्र अनलाइनबाट टिकट काट्ने व्यवस्था गर्न निगमका अध्यक्ष युवराज अधिकारीलाई निर्देशन दिएका छन् ।
साथै, उनले निगम सुधारका लागि आर्थिक योजना पेश गर्न पनि निर्देशन दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- स्वदेशमै केही गर्न खोज्ने युवाका लागि राज्य संयन्त्रबाट नीतिगत झण्झटको अन्त्य जरुरीः चेम्बर
- स्वास्थ्य राज्यमन्त्री तोसिमा भन्छिन्- प्रेम आचार्यले राख्नुभएको तेस्रो मागलाई सम्बोधन गर्न सकिन
- ‘नागरिकता विवादमा भइरहँदा नेतृत्वमा पुग्नु नैतिकताको विषय हो’
- स्याङ्जामा १३ तोला सुन चोरी
- पिकअप गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
- फेरी आउँदैछ २० हजार कित्तासम्म भर्न पाइने नयाँ आईपीओ !
- अनेरास्ववियुले जलायो शिक्षामन्त्री खनालको पुत्ला
- सिटिजन्स बैंकका ग्राहकलाई जर्मन होम्स हस्पिटालिटीका सेवाहरुमा छुट