.jpg)
खबरमुकाम । यती एयरको जहाज दुर्घटना भएको आज ९ औ दिनको दिनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता कृष्ण बहादुर महरा पोखरा आएका छन् । स्वर्गीय पत्रकार त्रिभुवन पौडेलका परिवारजनमा भेटघाट गर्दै उनले आज समबेदना व्यक्त गरेका छन् ।
पोखरा आउने बित्तिकै उनले घटना स्थलको अवलोकन गरेका छन् । महाराको विस्वासिलो पात्रको रुपमा चिनिदै आएका स्वर्गीय पत्रकार त्रिभुवन पौडेलको परिवार संग भेट्दै उनले त्रिभुवन आफ्नो लागि छोरा समान रहेको र उनका परिवार आफ्नै परिवार जस्तै आत्मीयु रहेको बताए ।
महरा उपप्रधान तथा अर्थमन्त्रीको रुपमा रहदा पौडेलले प्रेस संयोजकको भूमिका समालेका थिए । त्यती बेला पनि उनले महरालाई अतुलनिय सहयोग गरेको र कुशलता पुर्वक कार्य गरेको हुनाले नै उनी आफुसंग निकट भएको महराले स्मरण गरे ।
उनी भन्छन ‘सानो उमेरमा नै केहि गर्छु भनेर आट गरेर छोटो समयमा नै सफलता हासिल गर्दै आएका पत्रकारको दुख निधनको घटनाले स्तब्ध बनाएको छ । नहुनु पर्ने घटना भैहाल्यो अब हामी केन्द्रिय स्तरमा बैठक राखेर उनको परिवार लगाएत जहाज दुर्घटनामा ज्यान गुमाउनु भएकाको परिवारलाई आफुहरुले गर्न सक्ने सहयोग गर्न पार्टी सधै तयार छ ।’
स्वर्गीय पौडेल कास्कीको लागि मात्र नभई नेपालकै लागि एउटा गहना थिए र उनको दुखद निधनले सिंगो रास्ट्र र पार्टीलाई नै अतुलनिय क्षति भएको हुदा उनको सम्झनामा केहि राम्रा कार्यको थालनी गर्नु पर्ने र उनको सम्झनामा पार्टीले केहि निर्णय गर्ने पनि उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित
- गोकुल बास्कोटा भन्छन्ः रविले निस्फिक्री बोले, दागा धर्नुभन्दा जवाफ दिनु राम्रो
- सुखडमा जलाइयो कान्तिपुर दैनिक
- टर्कीमा भूकम्पः ज्यान गुमाउने २ सय नाघ्यो, १४ सय बढी घाइते
- सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
- सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए १० कित्ता ?
- तोरीको उत्पादन बढ्ने भएपछि किसान खुसी
- प्रधानमन्त्री र दलका प्रमुख सचेतकको छलफल सुरु