Dark

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

खबरमुकाम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा निकट भविष्यमा हुने राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचनलगायतका विषयमा छलफल भएको बताइएको छ । 

 

यस्तै प्रदेशमा मन्त्रिपरिषद् विस्तारका विषयमा पनि दुई नेताबीच भेटवार्ता भएको बालुवाटार स्रोतले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै