
खबरमुकाम । ‘ द ब्रिटिस कलेज’ अन्तर्गतको ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी)मा अध्ययनरत छात्रा रिया मानन्धर लगातार तीन पटक विश्व टपर बनेकी छन् ।
कलेजको एशोसियसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए) कार्यक्रममा अध्ययनरत रियाले हालै प्रकाशित परिक्षाको नतिजामा सर्वोत्कृष्ट अंक ल्याएर वल्र्ड टप गरेकी हुन् ।
२० वर्षिय मानन्धरले गएको वर्ष मार्चमा भएको एसीसीए अन्तर्गतको पर्फमेन्स म्यानेजमेन्ट परीक्षामा ९१ प्रतिशत प्राप्त गरी विश्वकै सर्वोत्कृष्ट बनेकी थिइन् । त्यस्तै, सन्२०२१ को मा ट्याक्सेसन पेपरमा ९८ प्रतिशत ल्याउँदै उनले विश्व टप गरेकी थिइन् ।
यस वर्ष पनि उनले ‘फाइनालसियल म्यानेजमेन्ट’ विषयमा ९८ प्रतिशत ल्याउँदै वल्र्ड टप गर्न सफल भएकी हुन् ।
एसीसीए कार्यक्रम विश्वको सबैभन्दा ठूलो र छिटो बढिरहेको अन्तर्राष्ट्रिय लेखा निकाय हो । यसका विश्वका १७९ देशमा ५ लाख ३५ हजार विद्यार्थी र २ लाख ३३ हजार सदस्यहरु रहेका छन् । विश्वभरका हजारौं विद्यार्थीहरुको लागि बनाइएको प्रश्नपत्रहरूमा सबैभन्दा उत्तम नतिजा रियाले ल्याउन सफल भएकी कलेजको दाबी छ ।
‘मुख्यतया विश्वस्तरीय सुविधा र कलेजका शिक्षकहरूको प्रतिष्ठाको कारणले गर्दा म एसीसीए पढ्नको लागि बीपीसीमा भर्ना भएँ ।’ आफ्नो उपलब्धिबारे रियाले भनिन्, ‘विद्यार्थीहरुले बीपीसीको तर्फबाट सबै प्रकारको सहयोग पाउँछन्र मैले पनि परीक्षाको तयारीको लागि शिक्षकहरुबाट राम्रो साथ र सहयोग पाएँ ।’
आफ्नो छात्राले पुनः राम्रो नतिजा ल्याएकोमा कलेजका एसीसीए प्रोग्राम म्यानेजर दिपेन्द्र के. श्रेष्ठले खुसी व्यक्त गरे । कलेजमा अध्ययनरत रिया तेस्रो पटक सर्वोत्कृष्ट नजिता ल्याउन सफल भएकोमा श्रेष्ठले भने, ‘नेपालमा ब्रिटिस कलेजको एसीसीए कार्यक्रमको प्रतिष्ठा उत्कृष्ट छ । हाम्रा विद्यार्थीहरुले नियमित रूपमा राष्ट्रियस्तरका उपलब्धिहरु हाँसिल गरिरहेका छन्। अन्य विद्यार्थीहरूले पनि उनको पाइला पछ्याउने हामी अपेक्षा गर्दछौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित
- गोकुल बास्कोटा भन्छन्ः रविले निस्फिक्री बोले, दागा धर्नुभन्दा जवाफ दिनु राम्रो
- सुखडमा जलाइयो कान्तिपुर दैनिक
- टर्कीमा भूकम्पः ज्यान गुमाउने २ सय नाघ्यो, १४ सय बढी घाइते
- सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
- सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए १० कित्ता ?
- तोरीको उत्पादन बढ्ने भएपछि किसान खुसी
- प्रधानमन्त्री र दलका प्रमुख सचेतकको छलफल सुरु