खबरमुकाम । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकलाई हरेक पक्षबाट सूदृढ, सबल र ग्राहकमैत्री बनाउने योजना रहेको बताएका छन् । बैंकको ५८ औं वार्षिकोत्सव समारोहमा बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउँदै सीईओ श्रेष्ठले यस्तो बताएका हुन् ।
बैंकिङ कार्यलाई प्रभावकारी रुपले अगाडी बढाउनुका साथै कार्यविधि एवं पद्धतिहरुलाई सुधार गरी बैंकका हरेक पक्षलाई सूदृढ, सबल र ग्राहकमैत्री बनाउने उनले बताए । त्यस्तै, बैंकको अचल सम्पतिको उचित व्यवस्थापन गर्ने, बैंकको हिसाबमिलानको कार्यलाई प्रभावकारी बनाउने तथा अनावश्यक खर्च कट्यौति र नियन्त्रण गर्ने आदि मूख्य प्राथमिकताका विषय रहेको उनले बताए ।
सीईओ श्रेष्ठले ग्राहक सेवामा अझ सूधार ल्याउने र सरकारी स्वामित्वका संस्थाहरु प्रतिको जनमानसमा रहेको नकारात्मक छवि र सरकारी पाराको आरोपलाई हदैसम्म हटाई सबल र ग्राहकमैत्री बैंंकको बनाउने योजना रहेको उनको भनाइ छ । उनले २०७९ पुस मसान्तसम्म बैंकले २ खर्ब ८२ अर्ब रुपैंया निक्षेप संकलन गरी २ खर्ब ४१ अर्ब रुपैंया कर्जा लगानी गरेको बताए ।
कार्यक्रममा बैंकमा क्रियाशिल तीन वटै ट्रेड युनियनका अध्यक्षहरु क्रमशः रा.वा.बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेय, नेपाल वित्तीय संंस्था कर्मचारी संघ, रा.वा.बैंकका अध्यक्ष ईश्वरबहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन, रा.वा. बैंकका अध्यक्ष दिपेन्द्र कार्की, रा.वा.बैंक पूर्व कर्मचारी संघका अध्यक्ष दिनेशविक्रम थापाले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
बैंकले गत माघ ५ गते वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रममा देशैभरिबाट ४३० जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।
कार्यक्रममा डेपुटी गभर्नर बमबहादुर मिश्र, शेयरधनीहरु, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु, बैंक संचालक समितिका सदस्यहरु, पूर्व अध्यक्षहरु, पूर्व प्रमुख कार्यकारी अधिकृतहरु, विभिन्न संस्थानहरुका प्रमुखहरु, बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्धय देवेन्द्ररमण खनाल र सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, पवन रेग्मी, विनयरमण पौडेल दुर्गा कंडेल, ब्राण्ड एम्बासडर एवं मिस नेपाल प्रियंका रानी जोशी, विभागीय प्रमुखहरु, शाखा प्रबन्धकहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित
- गोकुल बास्कोटा भन्छन्ः रविले निस्फिक्री बोले, दागा धर्नुभन्दा जवाफ दिनु राम्रो
- सुखडमा जलाइयो कान्तिपुर दैनिक
- टर्कीमा भूकम्पः ज्यान गुमाउने २ सय नाघ्यो, १४ सय बढी घाइते
- सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
- सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए १० कित्ता ?
- तोरीको उत्पादन बढ्ने भएपछि किसान खुसी
- प्रधानमन्त्री र दलका प्रमुख सचेतकको छलफल सुरु