
खबरमुकाम । एनआईसी एशिया बैंक र भक्तपुर स्थित ताथलीमा अवस्थित काठमाडौं क्यान्सर सेन्टरबीच छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालिन लक्ष्यसहित एनआईसी एशियाले ग्राहकहरुको सेवालाई प्राथमिकतामा राख्दै सो सम्झौता गरेको हो ।
सम्झौता अनुसार एनआईसी बैंकका ग्राहकले भक्तपुर स्थित ताथलीमा अवस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचार गराउँदा विभिन्न सेवाहरूमा १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
सो सम्बन्धी समझदारीपत्रमा बैंकका तर्फबाट चिफ लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स श्याम प्रसाद लामिछाने र सेन्टरका तर्फबाट अध्यक्ष प्रो. डा. अन्जनी कुमार झाले हस्ताक्षर गरेका हुन् ।
उक्त समझदारी अनुसार एनआईसी बैंकमा खाता सञ्चालन गरी मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकहरू एवं बैंकका कर्मचारीहरूले यो फाइदा उपभोग गर्न सक्ने छन् ।
समझदारीसँगै बैंकको मोबाइल बैंकिङ्ग एप तथा कार्ड प्रयोगकर्ताहरूले उक्त सेन्टरमा थ्री.डि सिआरटी, आईएमआरटी, भिएमएटी, उपचारमा ५–५ प्रतिशत छुट एवं अस्पतालले उपलब्ध गराउने अन्य जुनसुकै सेवामा १० प्रतिशत छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।
साथै, बैंकका कर्मचारीलाई उक्त उपचारहरूमा थप १ प्रतिशत र अन्य जुनसुकै सेवामा थप २ प्रतिशत छुटको व्यवस्था अस्पतालले गरेको छ ।
मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरि बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित
- गोकुल बास्कोटा भन्छन्ः रविले निस्फिक्री बोले, दागा धर्नुभन्दा जवाफ दिनु राम्रो
- सुखडमा जलाइयो कान्तिपुर दैनिक
- टर्कीमा भूकम्पः ज्यान गुमाउने २ सय नाघ्यो, १४ सय बढी घाइते
- सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
- सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए १० कित्ता ?
- तोरीको उत्पादन बढ्ने भएपछि किसान खुसी
- प्रधानमन्त्री र दलका प्रमुख सचेतकको छलफल सुरु