Dark

४ बजेलाई सारियो सुदूरपश्चिममा प्रदेशसभा बैठक

काठमाडौं। सुदूरपश्चिम प्रदेशसभाको बैठक बिहीवार दिउँसो ४ बजेलाई सारिएको छ । विपक्षी दललेविरोध गरेपछि दिउँसो १ बजेलाई बोलाइएको बैठक दिउँसो ४ बजेका लागि सारिएको प्रदेशससभा सचिवालयले जनाएको छ । 

प्रदेशसभा बैठकमा आज मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने कार्य योजना रहेको छ । तर, हालसम्म पनि मुख्यमन्त्रीको पक्षमा सदनको बहुमत जुट्न सकेको छैन । बहुमतका लागि निर्णायक मानिएको ७ प्रदेशसभा सदस्य रहेको दल नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडानबाट डगमगाएको छैन ।

तर, सहमतिको सम्भावना खोजीका लागि सभामुखले बैठक सारेका हुन् । मुख्यमन्त्री रावलले बिहीवार विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता छ । उनले विश्वासको मत लिन नसकेमा स्वतः पदमुक्त हुन्छन् ।

सभामुखले बैठक सारेको भन्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भने विरोध जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै