
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार (आज) दाङ जाँदै छिन् । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटनका लागि उनी दाङ जान लागेकी हुन् ।
२४ करोड ७२ लाख ३८ हजार चार सय ६६ रुपैँया लागतमा २०७४ साल असारमा भवन निर्माण सम्पन्न भएको आयुर्वेद शिक्षण भवनको आज राष्ट्रपति भण्डारीले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । उक्त भवन निर्माण कम्पनीले वि.सं २०७४ मङ्सिर ३ गते आयुर्वेद अध्ययन संस्थालाई हस्तान्तरण गरेको थियो ।
नेपाल संस्कार विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त अनुदानबाट सो भवन निर्माण गरिएको नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले जानकारी दिए । तीन तले सो भवनमा एक सय आठ कोठा रहेका छन् ।
उक्त भवनलाई लुम्बिनी प्रदेशको कोरोना विशेष अस्पताल सञ्चालन गरी कोरोनाका बिरामीको उपचारमा प्रयोग गरिएको थियो । महामारीको प्रभाव कम भएपछि भवनलाई पूर्णरुपमा शिक्षणमा उपयोग गरिएको छ । राष्ट्रपतिबाट भवन उद्घाटन गराउँदा संस्कृत विश्वविद्यालयप्रति राज्यको ध्यानाकर्षण हुने अपेक्षा गरिएको विश्वविद्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यो गठबन्धन पाँच वर्ष टिक्छः माधव नेपाल
- बैंकलाई महँगोमा ऋण दिँदा बिग्रिन्छ भन्ने डर, ब्याज घटेपछि दिने
- घरजग्गा व्यवसायी संकटमा, घर तथा अपार्टमेन्ट किन्दा गाडी उपहार
- ९० वर्षका विश्वकै बुढा बडिबिल्डर, राखे गिनिज बुकमा रेकर्ड
- प्रधानमन्त्रीलाई एमालेको प्रश्नः अर्को विश्वासको मत कहिले लिने ?
- रवि लामिछानेलाई राहतः मुद्दा नचल्ने निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा
- सहमतिको प्रयासमा मेरो कुनै खोट थिएनः प्रधानमन्त्री प्रचण्ड
- यति छिटै दोस्रो पटक विश्वासको मत लिनुपर्ला भन्ने सोचेकै थिइनःप्रचण्ड