Dark

दाङ पुगेर राष्ट्रपति भण्डारीले गरिन आयुर्वेद शिक्षण अस्पताल भवनको उट्घाटन

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आयुर्वेद विद्यापिठ तथा शिक्षण अस्पतालको भवनको उट्घाट्न गरेकी छन् । दाङ तुलसीपुरको बेलझुण्डीस्थित आयुर्वेद शिक्षण अस्पतालको नव निर्मित भवनको राष्ट्रपति भण्डारीले  उद्घाटन गरेकी हुन ।

नव निर्मित भवनको उद्घाटनका अवसरमा राष्ट्रपति भण्डारीले भवनको अवलोकन पनि गरेकी छिन । ०७० असार १७ गते २४ करोड ७२ लाख ८३ हजार लागतमा शुरु भएको उक्त भवन २०७४ असार मसान्तमा निर्माण सम्पन्न भएको थियो ।

नेपाल सरकार, विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त अनुदानबाट भवन निर्माण भएको हो । उक्त भवन ३ तला र १ सय ८ कोठाहरु छन् । तल्लो तलामा आयुर्वेद अस्पताल सञ्चालनको व्यवस्था मिलाइएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै