
खबरमुकाम । स्मार्टफोन निर्माता कम्पनी साओमीले नयाँ मोडेलको साओमी १३ सिरिजका स्मार्टफोन सार्वजनिक गरेको छ। चिनियाँ कम्पनी साओमीले आफ्नो फ्ल्यागशिप सिरिजअन्तर्गत ‘साओमी १३’ बजारमा सार्वजनिक गरेको हो।
साओमी १३ सिरिज अन्तर्गत कम्पनीले साओमी १३, साओमी १३ लाइट र प्रिमियम भर्सनको साओमी १३ प्रो विश्व बजारमा ल्याएको छ । साओमी १३ सिरिजमा प्रयोग भएको क्यामेरा विश्वकै उत्कृष्ट मानिने लाइका ब्रान्डको हो । जसमा ७५ एमएम लाइका टेलिफोटो लेन्स प्रयोग भएको कम्पनीले जनाएको छ ।
यसमा ६.३६ इन्चको ओएलइडी डिस्प्ले छ। यस फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, १० मेगापिक्सलेको टेलिफोटो क्यामेरा र १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा छ।
कम्पनीकाअनुसार ४ हजार ५०० एमएएच क्षमताको ब्याट्री समावेश रहेको यस फोनलाई ५० वाटको वायरलेस चार्जरले ४८ मिनेटमा फुल चार्ज गर्छ। त्यस्तै यस फोनसँगै उपलब्ध ६७ वाट चार्जरले ३८ मिनेटमा फुल चार्ज गर्न सक्छ।
फोनमा १० वाट रिभर्स वायरलेस चार्जर छ। साओमी १३ को ८–१२८ जीबी भेरियन्टको मूल्य ३,९९९ युआन (करिब ७५ हजार ५०० रुपैयाँ) छ। त्यस्तै ८–२५६ जीबी भेरियन्टको मूल्य र १२–२५६ जीबी भेरियन्टको मूल्य क्रमशः ४,२९९ युआन (करिब ८१ हजार १६० रुपैयाँ) र ४,५९९ युआन (करिब ८६ हजार ८३० रुपैयाँ) छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यो गठबन्धन पाँच वर्ष टिक्छः माधव नेपाल
- बैंकलाई महँगोमा ऋण दिँदा बिग्रिन्छ भन्ने डर, ब्याज घटेपछि दिने
- घरजग्गा व्यवसायी संकटमा, घर तथा अपार्टमेन्ट किन्दा गाडी उपहार
- ९० वर्षका विश्वकै बुढा बडिबिल्डर, राखे गिनिज बुकमा रेकर्ड
- प्रधानमन्त्रीलाई एमालेको प्रश्नः अर्को विश्वासको मत कहिले लिने ?
- रवि लामिछानेलाई राहतः मुद्दा नचल्ने निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा
- सहमतिको प्रयासमा मेरो कुनै खोट थिएनः प्रधानमन्त्री प्रचण्ड
- यति छिटै दोस्रो पटक विश्वासको मत लिनुपर्ला भन्ने सोचेकै थिइनःप्रचण्ड