Dark

सवभन्दा पुरानो मानिने प्रसिद्ध तीर्थ स्थल चाँगुनारायण

खबरमुकाम । भक्तपुर जिल्लाको पूर्वोत्तर भागमा डोलाद्री (डोलागिरि) नामको अग्लो पहाडको थुम्कोमा अवस्थित भगवान विष्णुको मूर्ति स्थापित नेपालको प्राचीनतम् मन्दिरहरूमध्ये एक मानिन्छ चाँगुनारायणको मन्दिर ।

भक्तपुर नगरबाट ६ कि.मि. उत्तरमा र राजधानी काठमाडौँदेखि २० कि.मि. टाढा रहेको यो मन्दिर एतिहासिक, कलात्मक र धार्मिक दष्टिकोणले मात्र नभइ सम्पूर्ण पर्यटकीय क्षेत्रको रुपमा पनि महत्वपूर्ण रहेको पाइन्छ । काठमाडौंमा उपत्यकामा रहेको सात विश्वसम्पदा सूचिमध्ये चाँगुनारायण पनि एक हो । 

उपत्यकामा रहेको प्राचिन मन्दिरमा सबैभन्दा पुरानो मानिने यस मन्दिरलाई सन् १९७९ मा ‘यूनेस्को’ को विश्वसम्पदा सूचिमा सूचिकृत गरिएको हो । चाँगुनारायणलाई चम्मक नारायण, चगु नारायण, गरुढ नारायण आदी नामले पनि चिनिन्छ । लिच्छिबी कालमा यस मन्दिरको नाम ‘डोलार शिखर स्वामी’ थियो । 

नेपाल भाषामा चापलाई ‘च’ र बनलाई ‘गुँ’ भनिन्छ । त्यहि चगुँ नारायण परिवर्तित भएरपछि चाँगुनारायण हुन गएको भन्ने विश्वास छ । यो मन्दिर नेपालको मौलिक प्यागोडाशैलिको एक प्रतिनिधि वस्तुकलाको एक नमुना समेत हो । यो लिच्छिबी कालिन वास्तुकलाको नमुना हो । 


 

मध्यकालमा राजा शीव सिंह कि रानी गँगा रानी र १८औँ शताब्दीको शुरुमा कान्तिपुरका शासक भाष्कर मल्लको शासन कालमा जीर्णउद्धार भएको थियो । पछिल्लो समय भूकम्पनले केही क्षति पुर्याएपछि मन्दिरलाई जीर्णउद्धार गरिएको छ । 

मन्दिर, जसको पेटी एक तलाको मात्र छ । यो मन्दिर दुई तलाको रहेको छ, मन्रिको तल्लो तलाको छानो टायलको र माथिल्लो तलाको छानो पित्तलबाट निर्मित छ । दुबै तलामा मझौला आकारका झ्यालहरु रहेका छन् । प्रत्येक तलामा ४० टक टॅुडालमा रहेका छन् । 

माथिल्लो तहमा रुपलहरा, मूख्य देबताः बिष्णु र शिवका अनेक स्वरुपहरु छन् भने तल्लो तहमा मानिस र पशुपंक्षीका मूर्तिहरु कुँदिएका छन् । ढोकाका दायाँ–बायाँ गँगा यमुना तथा अन्य दवी देवताहरुका मूर्तिहरु राखिएका छन् । ढोकाहरुको माथि धातुहरुबाट बनेका तोरणहरुमा विभिन्न कलाकृत्रिहरु कुँदिएका छन् ।

चाँगुनारायणको मन्दिरमा काठ र इट्टाको बढि र धातुको कम प्रयोग भएको देख्न सकिन्छ । धातुको प्रयोग मुल ढोका, तोरण र गजुरमा भएको छ । यस मन्दिरमा विशेष समयका दिन विभिन्न जात्रा र मेलाहरु लाग्ने गर्दछन् । कृष्णअष्ठमी, शुल्क पक्षको पञ्चमी तिथि, हरिबोधनी एकादशी, पूर्णिमा जस्ता विशेष दिनहरुमा मेला लाग्ने गरेको पाइन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै