
सिलिकन भ्याली बैंक (एसभीबी) मा तालाबन्दीको समाचारपछि अमेरिकासँगै विश्वभरीका बजारमा हलचल मच्चिएको छ । २००८ को वित्तीय संकटको समयमा वासिङटन म्यूचुअल र लेहम्यान ब्रदर्स डुबेपछि यसलाई सर्वाधिक ठूलो आर्थिक संकट मानिएको छ । अमेरिकी नियामकले शुक्रबार एसभीबी बन्द गर्ने घोषणा गरेको छ । क्यालिफोर्नियामा बैंकको तालाबन्दीपछि फेडरल डिपोजिट इन्श्योरेन्स (एफडीआईसी) लाई बैंकको सम्पत्ति प्रापकको रुपमा नियुक्ती गरिएको छ । यो समाचारलाई विश्व बजारमा विश्वव्यापी मन्दीको संकेतको रुपमा हेरिएको छ ।
एसभीबीमा के गडबडी भएको थियो ?
सेन्टा क्लारास्थित एसभीबीको समस्या त्यतीबेला सुरु भएको थियो जब यसको मुल कम्पनी एसभीबी फाइनान्शीयल ग्रुपले आफ्नो पोर्टफालियोबाट २१ अर्ब डलरको धितोपत्रलाई बिक्री गर्ने घोषणा गरेको थियो । आफ्नो वित्तीय स्थितिलाई बलियो पार्न २.२५ अर्ब डलरको सेयर बिक्री गर्न लागेको कम्पनीले जनाएको छ । विश्लेषकका अनुसार स्टार्टअप उद्योगमा व्यापक मन्दीका कारण बैंकमा उच्च जम्मा निकासीको अवस्था बन्यो । जसको परिणामस्वरुप यो कदम उठाइएको हो । फेडले व्याज दरमा वृद्धि गरेपछि एसभीबीले ब्याजबाट हुने आम्दानीमा ठूलो गिरावटको आशंक व्यक्त गरिएको थियो । अर्कातिर फेडको ब्याज दर बढ्नाले एसभीबी बैंकको हिसाबकितावमा गडबडी आएको छ । एसभीबी बन्द हुने सबैभन्दा ठूलो कारण उसका लगानीकर्ताहरु एकसाथ पैसा निकाल्नु रहेको छ । लगानीकर्ताहरुले बैंक डुब्छ भन्ने डरकाबीच एकसाथ ठूलो बिक्री गरेकाले पनि यो समस्या निम्तिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यो गठबन्धन पाँच वर्ष टिक्छः माधव नेपाल
- बैंकलाई महँगोमा ऋण दिँदा बिग्रिन्छ भन्ने डर, ब्याज घटेपछि दिने
- घरजग्गा व्यवसायी संकटमा, घर तथा अपार्टमेन्ट किन्दा गाडी उपहार
- ९० वर्षका विश्वकै बुढा बडिबिल्डर, राखे गिनिज बुकमा रेकर्ड
- प्रधानमन्त्रीलाई एमालेको प्रश्नः अर्को विश्वासको मत कहिले लिने ?
- रवि लामिछानेलाई राहतः मुद्दा नचल्ने निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा
- सहमतिको प्रयासमा मेरो कुनै खोट थिएनः प्रधानमन्त्री प्रचण्ड
- यति छिटै दोस्रो पटक विश्वासको मत लिनुपर्ला भन्ने सोचेकै थिइनःप्रचण्ड