Dark

मोनालिसाः एक अनसुलझा रहस्य

५ सय वर्षअघि इटालीका लियोनार्दो दा भिन्चीले बनाएको निकै रहस्यमयी चित्र हो मोनालिसा। सन् १५०३ मा मोनालिसाको पेन्टिङ बनाउन सुरु गरेका थिए र सन् १५१७ सम्ममा यसमा उनले काम गरिरहे । 

भिन्चीले सबैभन्दा धेरै समय मोनालिसाको ओठ बनाउनमा लगाएका थिए । मोनालिसाको ओठ बनाउन दा भिन्चीलाई १२ वर्ष लागेको थियो । त्यसो त लियोनार्दो दा भिन्ची एक राम्रा लेखक पनि थिए । तर, अचम्म लाग्छ उनले आफ्नो सबैभन्दा प्रसिद्ध पेन्टिङ मोनलिसाको बारेमा कहिकतै केही पनि लेखेनन् । 

दा भिन्चीले बनाएको यस पेन्टिङमा यस्ता रहस्य र घटनाहरु रहेका छन्, जुन सुन्दा चकित पार्ने रहस्य छ । सन् १८५२ जुन २३ का दिन लुक मासफेरो नामका एक फ्रान्सेली पेरिसको एक होटलको चौथो तलाबाट हाम फालेर आफ्नो ज्यान दिए । उनी मोनालिसाको रहस्यमय मुस्कानमा पागल भएका थिए । 

मोनालिसाको सुन्दरतामा फसेका ती युवाले एक सुसाइड नोट पनि छाडेका थिए। त्यसमा उनले लेखेका थिए–‘मोनालिसालाई अब धेरै समय पर्खन सक्दिनँ।’

मोनालिसा प्रति उनले आफ्नो प्रेम र वर्षौँ प्रतिक्षाको समय बिताएका थिए । मोनालिसाका बारेमा जुन सबैभन्दा रहस्यमय कुरा छ, जसले कलाकार अनि इतिहासकारहरुलाई सोच्नका लागि विवश बनाउने गर्छ । त्यो हो मोनालिसाको रहस्यमय मुस्कान, जुन अलग–अलग कोणबाट हेर्दा फरक फरक देखिन्छ । 

पहिला यो तस्बिर मुस्कुराउँदै गरेको देखिन्छ । फेरि यो मुस्कान फिक्का हुन जान्छ । अनि फेरि गायब हुन पुग्दछ । एक अनुसन्धानबाट के थाहा लागेको छ भने जुन नारीलाई दा भिन्चीले यस पेन्टिङमा उतारेका छन् । तिनले आफुभित्र रहस्य लुकाइरहेकी थिइन् । त्यसैले मोनालिसाको मुस्कान धेरै रहस्यमय छ । 

केही वर्षअगाडि एक चिकित्सकले मोनालिसाको रहस्यमय मुस्कानको रहस्य उनका दुई भाँचिएका दाँत हुन् भनेर सबैलाई अचम्ममा पारिदिए । यही कारणले हुन सक्छ उनको माथिल्लो ओठ अलिकति दबिएको छ । 

सन् २००० मा हार्डवरका न्यूरो साइन्टटिस्ट डा.मार्गरेटले भने, ‘मोनालिसाको मुस्कान फेरिने होइन्, बरु मान्छेको विचार परिवर्तन हुने हो अर्थात यो तपाईको दिमागको खेल हो । तपाइ मोनालिसाको जस्तो अनुहार हेर्न चाहानुहुन्छ । त्यस्तै तपाइलाई देखिनेछ ।’

यो कुन कुरामा निर्भर रहन्छ भने तपाई कुन विषयमा केन्द्रित भइरहनुभएको छ । यो कुरा सत्य हो मोनालिसा एक धेरै नै सुन्दर पेन्टिङ छ । अनि सुरु देखि नै यो धेरै चर्चित पनि छ । तर, त्यति चर्चित यो कहिल्यै थिएन, जतिबेला पेरिसको लुर्भ म्युजियमबाट चोरियो । संसारको सबैभन्दा चर्चित पेन्टिङलाई संसारकै सबैभन्दा ठूलो म्यूजियमबाट चोरिनु एक आर्चायजनक घटना थियो । 

तर, त्यसभन्दा पनि अचम्म पारिदिने कुरा त के छ भने यसको चोरीको आरोपमाथि जुन मानिसमा संका गरियो । उनी थिए एक महान पेन्टर पाब्लो पिकासो । हो सुरुमा पाब्लो पिकासोलाई यसको चोरी गरेको आरोप लाग्यो । तर, पछि धेरै सोधपुछ र अनुसन्धानपछि उनलाई यस आरोपबाट मुक्त गरियो । 

त्यसो भए ति को मान्छे थिए, जसले मोनालिसाको पेन्टिङ चोरेका थिए । सन् १९११ अगष्ट २१ मा यो पेन्टिङ चोरिएको थियो । तर, त्यस दिन यस पेन्टिङमा कसैले ध्यान दिएनन् । भोलिपल्टमात्र पेन्टिङ चोरि भएको सबैले थाहा पाए । अनुसन्धानका लागि लुर्भ म्युजियमलाई एक हप्ताका लागि बन्द गरियो । 

म्युजियमका प्रशासन अनि कर्मचारीहरु दुबिधामा थिए । साहेद पेन्टिङ म्युजियम मै कतै राखिएको होलान् । तर, पछि थाहा भयो मोनालिसाको पेन्टिङ लुर्भ म्युजियमकै एक कामदार भिन्सेजो पेरुगियाले चोरेका रहेछन् । उनी एक म्युजियमको सानो कोठामा लुके र म्युजियम बन्द भएपछि पेन्टिङलाई लुकाएर भागेका थिए । 

भिन्सेजो इटालिका एक देशभक्त नागरिक थिए । उनी के मान्यता राख्थे भने लियोनार्दोको यो पेन्टिङ उनको देशमा फिर्ता हुनुपर्छ । अनि यसलाई इटालिको एक म्युजियममा देखाउनुपर्छ । दुई वर्षपछि भिन्सेजोलाई पक्राउ गरियो जतिबेला उनी मोनालिसाको पेन्टिङलाई लिएर इटालिको फ्लोरेन्स सहरको आर्ड म्युजियमका निर्देशकलाई बेच्न गए । 

दुई हप्तासम्म मोनलिसाको पेन्टिङलाई त्यसै म्युजियममा राखेपछि सन् १९१४ जनवरी–४ मा पेरिसको म्युजियममा त्यसलाई फर्काइएको थियो । भिन्सेजोलाई त्यस अपराधका कारण छ महिनाको जेल सजाय भयो तर इटालीले उनको देशभक्तीका लागि उनलाई स्वागत गर्यो । 

मोनालिसको एक जुम्ल्या पेन्टिङ पनि उपलब्ध छ । जुन एकदम लियोनार्दो दा भिन्चीको मोनालिसा जस्तै देखिन्छ । भनिन्छ दोस्रो पेन्टिलाई दा भिन्चीकै समयमा उनका चेला फ्रान्सेसको मेल्जीले बनाएका थिए । यो दोस्रो पेन्टिङ स्पेनको राजधानी स्थित र्पाडो म्युजियममा राखिएको छ । 

मोनालिसा को थिइन् भन्ने कुरा आजसम्म रहस्यमय छ अर्थात् दा भिन्चिले यो कसको तस्बिर बनाएका थिए । यि नारी को थिइन् । धेरै जसो विद्ध्वानको अनुमानमा यस पेन्टिङमा जुन तस्बिर बनेको छ, त्यो लिसाघेरार्ड देवीको हो । जो फ्लोरिन्समा बसोबास गर्ने एक इटालियन महिला थिइन् । तर, एक सिद्धान्तले के पनि भन्छ भने मोनालिसा लियोनार्दो दा भिन्चि स्वयमंको तस्बिर हो अर्थात् उनले यस पेन्टिङलाई स्वयमंलाई एक नारी अवतारमा पेन्टिङमा उतारेका छन् । 

यस सुन्दर पेन्टिङलाई नोक्सान पुर्याउने धेरै प्रयास भइसकेको छ । सन् १९५६ मा एक बोलेभियाली पर्यटकले मोनालिसामाथि एक ढुङ्गा फ्याकेका थिए । जसका कारण मोनालिसको एक बायाँ हाततर्फ एक सानो निसान लागेको थियो । पछि यसलाई मर्मत गरेर पूर्ववत बनाइयो । तर, निसान अहिले पनि हल्का देखिन्छ ।

त्यसभन्दा अगाडि एक व्यक्तिले यस पेन्टिङमाथि एसिड फ्यालेका थिए । यसपछि मोनालिसाको सुरक्षालाई ध्यानमा राखेर यसलाई बुलेटपुर्फ सिसा भित्र राखियो । तर, यसपछि पनि एक महिलाले मोनालिसामाथि रातो कलमबाट मसि छर्केने प्रयास गरेकी थिइन् । अनि सन् २००९ मा एक रुसी युवतीले तस्बिरतर्फ सेरामिक टिकी कप फ्याकिन तर पेन्टिङ दुबै हमलाबाट सुरक्षित रह्यो ।

द्वित्तिय विश्वयुद्धका बेला मोनालिसालाई आफ्नो ठाउँबाट छ पटक परिवर्तन गरियो । यो बहुमुल्य पेन्टिङ जर्मन नाजिको हात नलागोस भनेर त्यसो गरिएको थियो । लियोनार्दोकै एक चेलाले सन् १५१४ देखि १५१६ का बीच मोनालिसाको एक नग्ङ स्वरुप पनि बनाएका थिए । जसलाई मोना भेन्न भनिन्छ । यसको हात र शरिरको अवस्था एकदमै लियोनार्दो जस्तै देखिन्छ । 

केही मानिसहरु यस्तो पनि भन्छन् कि यसलाई पनि लियोनार्दो दा भिन्चिले नै बनाएका हुन् । यो पेन्टिङ पेरिसको कोन्डेम म्युजियममा राखिएको छ । लियोनार्दोले मोनालिसाको पेन्टिङ बनाउन ३० भन्दा धेरै लिर्यस उपयोग गरेका थिए र तिनका केही लिर्यस त मानिसको कपालभन्दा पनि मसिना थिए ।


 


 

मोनालिसा संसारको सबैभन्दा मूल्यवान पेन्टिङ हो । गिनिज वल्र्ड रेकर्डका अनुसार मोनालिसका इतिहासको सबैभन्दा मूल्याकित पेन्टिङ हो । गिनिजका अनुसार सन् १९६२ मा यसको मूल्य १० करोड डलर राखिएको थियो । सन् २०१९ मा यो ७० करोड डलरको वरिपरि रहेको छ । तर, फ्रेन्च हेरिटेज ल अनुसार यसलाई बेच्न वा किन्न सकिदैन । किनकी यो जनमानसका लागि हो ।

सन् १५१९ मा दा भिन्चिको मृत्युपछि मोनालिसा फ्रान्सका राजाको निजि संग्रहको हिस्सा बन्यो । फ्रान्सेली क्रान्तिपछि मोनालिसालाई पेरिसको लुर्भ म्युजियमा राखियो । यो पेन्टिङ नेपोलियन बोनापार्टलाई यति मन पर्यो कि उनले कही समय उनले आफ्नो स्वयन कक्षको भित्तामा झुण्डाएका थिए । 

यस पेन्टिङ सानो आकारको छ । यस पेन्टिङको आकार ३० गुणा २१ इन्च र यसको तौल ८ किलोग्राम छ । दा भिन्चिले यसलाई पेपर र क्यान्भासमा बनाएका थिएनन्, बरु लेक पिपल अर्थात पपुलरको काठको प्यानलमा तेल रङ्गले बनाएका थिए । उनले यस पेन्टिङ यति सुन्दरका साथ बनाएका थिए कि यसमा ब्रसको चिन्हनै देख्न कठिन छ । 

दा भिन्चिको समयमा क्यान्भास र पेपर उपलब्ध थिए तर त्यसबेलाका पेन्टर के सोच्थे भने सानो पेन्टिङका लागि काठको प्रयोग गर्नु नै सही हुनेछ । जब तपाईले यस पेन्टिङलाई हेर्नुहुनेछ, यसमा तपाईले मोनालिसको आखिभौँ र परेलाका रौँ देख्न सक्नुहुने छैन । किन बनाएनन् त लियोनार्दो दा भिन्चिले मोनालिसको पेन्टिङमा उनको आँखिभौँ र परेलाका रौँ ?

सन् २००७ मा एक फ्रान्सेली आविष्कारक पास्कल कोर्टले हाइ रेजोलुसन स्क्यानबाट पत्ता लगाए कि दा भिन्चिले मोनालिसाका आँखिभौँ र परेलाका रौँ बनाएका थिए । उनले के बताए भने यो समयका साथ विस्तारै विस्तारै गायब भयो । साहेद धेरै सरसफाईले मेटिदै गएका थिए ।

प्यारानर्मल टुसिबल नामको एक वेबसाइटले के दाबी गरेको थियो भने मोनालिसाको पेन्टिङमा एलियन लुकेको छ । भनियो यदि यस पेन्टिङलाई बाँयातिरबाट ऐनाका साथ हेरियो भने एलियन जस्तो आकृति बन्दछ । 

त्यस्तै, अर्को एक सिद्धान्तका अनुसार दा भिन्चिले यस पेन्टिङको बायँतिर धेरै गोप्य तरिकाले एक सन्देश लुकाएका छन् । सिद्धान्तले भन्छ पेन्टिङमा इालियन भाषामा लेखिएको छ ‘ला रिस पोष्टा सि टोभा क्यू’ अर्थात् यसको अर्थ हो द एन्सर इज हेयर (उत्तर यहाँ छ) । यो सिद्धान्त पूर्ण रुपमा प्रमाणित भइनसकेको हुँदा यसमा कति सत्यता छ त्यो एकिनका साथ भन्न सकिन्न । 

मोनालिसाका प्रसंशक संसारभरि छन् । यसमाथि धेरै कविता पनि लेखिसकिएको छ भने गित पनि बनिसकेका छन् । जहिल्यैदेखि यसलाई पेरिसको लुर्भ म्युजिममा राखिएको छ, तबदेखि यसलाई प्रेम पत्र मिलिरहेको छ । मनपराउनेहरुका तर्फबाट फूल आउँछन् । मोनालिसालाई अङ्ग्रेजिमा Mona lisa लेख्ने गरिन्छ । कोहि यसलाई मोना लिसा भन्ने गर्दछन् त कोहि यसलाई मोना लिजा भन्ने गर्दछन् । तर इटालियन भाषामा यसको सही उच्चारण हो मोना लिजा । जसको अर्थ हुन्छ MY lady lisa ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै