
मेटा कम्पनीले फेसबुक प्रयोगकर्ताका लागि केही नयाँ सिर्जनात्मक अभिव्यक्तिसँग सम्बन्धित फिचरहरू सार्वजनिक गरेको छ । जसअनुसार अब फेसबुक प्रयोगकर्ताहरुले ९० सेकेण्ड (डेढ मिनेट) सम्मको फेसबुक रील्स भिडियो बनाउन सक्नेछन् । यसअघि एक मिनेटसम्मको मात्रै फेसबुक रील्स बनाएर अपलोड गर्न सकिन्थ्यो ।
मेटा फर क्रियटर्स नामक फेसबुक अकाउन्टबाट मेटा कम्पनीले उक्त नयाँ फिचरको घोषणा गरेको हो । अब प्रयोगकर्ताले इन्स्टाग्राममा जस्तै फेसबुकको मेमोरिजबाट रेडीमेड रील्स पनि बनाउन सक्नेछन् ।
साथै कम्पनीले ग्रुभ्स नामक नयाँ फिचर पनि लञ्च गरेको छ । यो फिचर अब कुनैपनि गीतको बिट अनुसार प्रयोगकर्ताको भिडियोको गतिलाई एलायन तथा सिक्रोनाइज गर्नेछ ।
त्यस्तै नयाँ थप गरिएको टेम्पलेट टूल्समार्फत् प्रयोगकर्ताले ट्रेण्डिङ सामग्रीमा सजिलैसँग आफ्नो रील्स भिडियो तयार गर्न सक्नेछन् ।
स्मरणरहोस् मेटा कम्पनीले यी सबै फिचर इन्स्टाग्राम रील्समा सात महिनाअघि नै उपलब्ध गराइसकेको छ ।
प्रतिस्पर्धी प्लाटर्फम टिकटकले १५ मिनेटसम्मको भिडियो बनाउन सकिने गरी युट्युबलाई टक्कर दिन पुगेसँगै मेटाले पनि फेसबुक रील्सलाई लम्ब्याएको हो ।
सन् २०२० मा इन्स्टाग्राम रील्स सुरु गरी टिकटकसँग प्रतिस्पर्धामा उत्रिएको मेटा कम्पनीले गतवर्ष मात्रै फेसबुक रील्स लञ्च गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यो गठबन्धन पाँच वर्ष टिक्छः माधव नेपाल
- बैंकलाई महँगोमा ऋण दिँदा बिग्रिन्छ भन्ने डर, ब्याज घटेपछि दिने
- घरजग्गा व्यवसायी संकटमा, घर तथा अपार्टमेन्ट किन्दा गाडी उपहार
- ९० वर्षका विश्वकै बुढा बडिबिल्डर, राखे गिनिज बुकमा रेकर्ड
- प्रधानमन्त्रीलाई एमालेको प्रश्नः अर्को विश्वासको मत कहिले लिने ?
- रवि लामिछानेलाई राहतः मुद्दा नचल्ने निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा
- सहमतिको प्रयासमा मेरो कुनै खोट थिएनः प्रधानमन्त्री प्रचण्ड
- यति छिटै दोस्रो पटक विश्वासको मत लिनुपर्ला भन्ने सोचेकै थिइनःप्रचण्ड