Dark

‘नाटु नाटु’ गीतलाई ओस्कर अवार्डमा ‘ओरिजिनल सङ’को उपाधि

खबरमुकाम । चर्चित दक्षिण भारतीय चलचित्र ‘आरआर’ को गीत ‘नाटु नाटु’ ले ओस्कर अवार्ड जितेको छ । यो गीतले बेष्ट ओरिजिनल सङ टाइटलमा ओस्कर अवार्ड हात पारेको हो ।

एस एस राजामौलीको फिल्म ‘आर आर’ को ‘नाटु नाटु’ भारतीय प्रोडक्सनमा बनेको पहिलो गीत हो, जसले ओस्कर अवार्ड प्राप्त गरेको हो । ‘नाटु नाटु’ गीतमा ओस्करको मञ्चमा प्रफ्रमेन्स पनि गरिएको थियो, जसलाई दर्शकले धेरै मन पराएका थिए ।

‘आर आर’ को यस गीतमा रामचरण र जुनियर एनटिआरले अभिनय गरेका छन् । गीतसँगै उनीहरुको प्रशंसा पनि उत्तिकै भइरहेको छ । यस्तै, ९५औँ संस्करणको ओस्कार एकेडेमी अवार्डमा ‘एभरिथिङ एभरिवेयर अल ऐट वान्स’ उत्कृष्ट फिल्म घोषणा गरिएको छ ।

यो फिल्मले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशन, उत्कृष्ट अभिनेत्रि, उत्कृष्ट सम्पादन, ओरिजिनल स्क्रीन प्ले, उत्कृष्ट सहअभिनेता, उत्कृष्ट सह अभिनेत्री गरि सात विद्याको अवार्ड हात पारेको छ । यही फिल्मबाट उत्कृष्ट निर्देशन अवार्ड ड्यानियल व्वान र साइनटले पाएका छन् । 

उक्त फिल्मबाटै उत्कृष्ट सहअभिनेता र उत्कृष्ट सहअभिनेत्रीको अवार्ड के ह्वेक वान र जेमिली कार्टिसले उचालेका छन् । फिल्मले ओरिजिनल स्क्रीन प्लेको ओस्कर पनि पाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै