
खबरमुकाम । बिरिसु मिडियाको आयोजनामा हुन लागेको ‘दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड–२०८०’ को आवेदन फारम खुल्ला भएको छ । काठमाडौँको कालिस्थानस्थित कटिया हाउसमा एक पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो ।
अवार्ड ८० विधामा गर्न लागिएको र अवार्डको लागि २०७९ फागुन ६ गतेदेदि चैत ११ गतेसम्म फारम खुल्ला रहनेछ । अवार्डको टप ५ नोमिनेशन चैत्र २५ गते शनिबार सार्वजनिक गरिने बिरिसु मिडियाका अध्यक्ष विवेक लोप्चनले बताए । आवेदन फारम अनलाइनबाट दर्ता गर्नको लागि smsa.birisunews.com मा क्लिक गरी भर्न सकिने र फारम दर्ता शुल्क अनलाइनबाट भुक्तानी गर्न सकिनेछ ।
अवार्डमा २०७७ चैत २५ गतेदेखि २०७९ चैत ११ गतेसम्म भित्रका गीत संगीतलाई समावेश गरिनेछ । फारम दर्ता शुल्क नेपालबाट १ हजार रुपैयाँ र विदेशबाट १ हजार ५ सय रुपैयाँ लाग्नेछ । अवार्डमा एस। एम। एस। भोटिङ्बाट आएको अंकलाई ५० प्रतिशत र जुरिको निर्णय ५० प्रतिशत हुने आयोजकले जनाएका छन् । मिडिया संयोजनको जिम्मा सञ्चारकर्मी प्रकाश बराइली ‘अभिव्यक्ती’ ले लिएका छन् ।
गीत संगीत, टेलिसियल र त्यससँग सम्बन्धित सबै पक्षलाई समेटेर अवार्ड गर्न लागिएकोे र यस क्षेत्रमा योगदान पुर्याउनुहुने सबैलाई सम्मान, हौसला, प्रेरणा साथै अवार्ड समेत प्रदान गरिने बिरिसु मिडियाका अध्यक्ष लोप्चनले बताए । अध्यक्ष लोप्चनले समाजमा विशेष योगदान दिदै आएका खेलकुद, शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिने बताए ।
डिबी बम्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा कलाकार, पत्रकार तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहको थियो । कार्यक्रम सञ्चारकर्मी राजाकुमार रायमाझीले सञ्चालन गरेका थिए । साथै अवार्डको आवेदन फारम भर्नको लागि ९७६२४५२२९७ (बिरिसु मिडिया)लाई संपर्क गर्न सकिने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यो गठबन्धन पाँच वर्ष टिक्छः माधव नेपाल
- बैंकलाई महँगोमा ऋण दिँदा बिग्रिन्छ भन्ने डर, ब्याज घटेपछि दिने
- घरजग्गा व्यवसायी संकटमा, घर तथा अपार्टमेन्ट किन्दा गाडी उपहार
- ९० वर्षका विश्वकै बुढा बडिबिल्डर, राखे गिनिज बुकमा रेकर्ड
- प्रधानमन्त्रीलाई एमालेको प्रश्नः अर्को विश्वासको मत कहिले लिने ?
- रवि लामिछानेलाई राहतः मुद्दा नचल्ने निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा
- सहमतिको प्रयासमा मेरो कुनै खोट थिएनः प्रधानमन्त्री प्रचण्ड
- यति छिटै दोस्रो पटक विश्वासको मत लिनुपर्ला भन्ने सोचेकै थिइनःप्रचण्ड