Dark

टेलिकमले भन्यो- सेवा अवरोध हुनेगरी अवाञ्छित गतिविधि बढाईयो

खबरमुकाम । नेपाल टेलिकमले आफ्ना उपकरण र संरचनामा क्षति पुर्‍याई सेवा प्रवाहमा अवरोध हुनेगरी अवाञ्छित गतिविधि बढाइएकोप्रति दुःख व्यक्त गरेको छ । 

कम्पनीले पछिल्लो समयमा देशका विभिन्न स्थानमा रहेका विभिन्न उपकरण र संरचनामा क्षति पुर्‍याउने र कम्पनीको सेवा प्रवाहमा अवरोध ल्याउने क्रम बढेको पाइएको भन्दै दुःख व्यक्त गरेको हो।

उसले देशका विभिन्न स्थानमा विभिन्न उपकरण र संरचना प्रयोग गरी सेवाग्राहीहरुलाई विविध प्रकारका दूरसञ्चार सेवाहरु उपलब्ध गराइरहेको छ। 

‘कम्पनीका सेवा अविच्छिन्न रुपमा उपलब्ध हुनका लागि ती उपकरण र संरचनाहरु चुस्तदुरुस्त अवस्थामा रहनु आवश्यक हुन्छ’, टेलिकमले भनेको छ, ‘तर पछिल्लो अवस्थाका कारण निरन्तर सेवा प्रवाहमा समस्या आउने गरेको छ। यस्ता अवाञ्छित गतिविधिका कारण अत्यावश्यक सेवाको रुपमा रहेको दूरसञ्चार सेवा प्रयोग गर्न पाउने सर्वसाधारणको नैसर्गिक अधिकारमा बाधा पुगिरहेको छ।’ 

टेलिकमले विज्ञप्तिमार्फत कुनै स्थानमा यसरी सेवा अवरुद्ध हुनेगरी अवाञ्छित कार्य गरिरहेको पाइएमा वा कम्पनीका संरचनाहरुमा क्षति पुर्याईएको भेटिएमा नजिकको कम्पनीको कार्यालय तथा नजिकको सुरक्षा निकायमा खबर गरेर सहयोग गरिदिन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै