Dark

डाक्टरले गर्भमै गरे बच्चाको मुटुको शल्यक्रिया, सुइको मद्दतले ९० मिनेटमै खोले अंगूर जत्रो सानो मुटु

भारतमा डाक्टरले गर्भमा रहेको बच्चाको अंगूर जत्रो मुटुको सफल शल्यक्रिया गरेका छन् । डाक्टरले बलुन डाइलेशन सर्जरी गरेर बच्चाको मुटुको बन्द भल्भ खोलेका हुन् । यो शल्यक्रियाका लागि डाक्टरहरुलाई केवल ९० सेकेन्ड मात्रै लागेको थियो । हाल आमा र बच्चा दुवै सुरक्षित छन् ।
शल्यक्रिया एआईआईएमएसको कार्डियोथोरासिक साइन्स सेन्टरमा गरिएको थियो । एआईआईएमएसका डाक्टरको टोलीले यो प्रक्रिया पूरा गरेका  हुन् । अब टोलीले बच्चाको मुटुको कोठाको वृद्धिको निगरानी गरिरहेका छन् ।

महिलाको पछिल्ला तीन गर्भ  असफल, गर्भमा बच्चालाई मुटुको समस्या

२८ वर्षकी महिलालाई अस्पतालमा भर्ना गरिएको थियो । महिलाको तीन गर्भ तुहिएको थियो । डाक्टरले महिलाको मुटुको अवस्थाको बारेमा बताएका थिए र यसलाई सुधार गर्न शल्यक्रियाको सल्लाह दिएका थिए । यसलाई महिला र उनका पतीले  स्वीकार गरे ।
जब बच्चा आमाको गर्भमा हुन्छ, तब केही गंभीर तरिकाको मुटु रोग पत्ता लगाउन सकिन्छ । यदि यसलाई गर्भमै उपचार गरेर ठीक पार्ने हो भने बच्चा स्वस्थ रहने सम्भावना बढ्छ र बच्चाको सामान्य विकास हुन्छ । एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै