
१ चैत । फिफा विश्वकप २०२६ तीन देशमा गरी १०४ खेल खेलाइने भएको छ। रुवान्डास्थित किगालीमा हुने महाधिवेशनअघिको मंगलबार बसेको फिफा बैठकले खेलको ढाँचालाई परिवर्तन गर्दै ६४ बाट १०४ खेलमा विस्तार गर्ने निर्णय गरेको हो।
यसअघि फिफा विश्वकपमा ३२ टोली समावेश हुने गरेकोमा उत्तर अमेरिकामा हुने आगामी श्रृंखलामा प्रतियोगिता ४८ टोलीमा विस्तार हुने बताइएको छ। अर्थात् अब ४८ वटा राष्ट्र प्रतियोगितामा सहभागी हुनसक्नेछन्।
४८ टिमलाई १२ समूहमा विभाजन गरी खेल खेलाउने तयारी फिफाले गरेको छ। प्रत्येक समूहमा ४–४ टिम हुनेछन् ।
प्रतियोगिता अमेरिका, क्यानडा र मेक्सिकोका १६ सहरमा खेल हुनेछन्। फिफाका अनुसार अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ सहरमा आगामी श्रृंखलाका खेल हुनेछन्। प्रत्येक समूहबाट शीर्ष २ सहित तेस्रो हुने उत्कृष्ट ८ टिम नकआउट चरणमा प्रवेश गर्नेछन्।
सन् १९८६ र १९९४ मा भएकोमा फिफा विश्वकपमा २४ देश सहभागी थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यो गठबन्धन पाँच वर्ष टिक्छः माधव नेपाल
- बैंकलाई महँगोमा ऋण दिँदा बिग्रिन्छ भन्ने डर, ब्याज घटेपछि दिने
- घरजग्गा व्यवसायी संकटमा, घर तथा अपार्टमेन्ट किन्दा गाडी उपहार
- ९० वर्षका विश्वकै बुढा बडिबिल्डर, राखे गिनिज बुकमा रेकर्ड
- प्रधानमन्त्रीलाई एमालेको प्रश्नः अर्को विश्वासको मत कहिले लिने ?
- रवि लामिछानेलाई राहतः मुद्दा नचल्ने निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा
- सहमतिको प्रयासमा मेरो कुनै खोट थिएनः प्रधानमन्त्री प्रचण्ड
- यति छिटै दोस्रो पटक विश्वासको मत लिनुपर्ला भन्ने सोचेकै थिइनःप्रचण्ड