
खबरमुकाम । निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा एमालेले बुधबार सत्तारुढ दल कांग्रेसविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ ।
शुक्रबार हुने हुने उपराष्ट्रपतिको निर्वाचनको लागि मंगलबार राति १२ बजेदेखि शून्य अवधि लागूको अवस्थामा कांग्रेसले त्यसलाई उल्लंघन गरेको भन्दै एमालेले निर्वाचन आयोगमा उजुरी दिएको हो।
कांग्रेसको त्यस्तो कदमले निर्वाचनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेकाले आयोगमा उजुरी दर्ता गराएको संसदीय दलका सचेतक महेश बर्तौलाले विज्ञप्तिमार्फत जनाएका छन् ।
कांग्रेसको बुधबार बसेको कार्य सम्पादन समितिको बैठकले उपराष्ट्रपतिमा जसपाका रामसहाय प्रसाद यादवलाई भोट दिने निर्णय गरेको छ। उक्त निर्णय आचार संहिताविपरीत रहेको भन्दै आफूहरुले आयोगमा उजुरी दिएको एमाले सचेतक बर्तौलाले विज्ञप्तिमार्फत जनाएका छन् ।
‘शुन्य समय प्रारम्भ भैसकेको अवस्थामा आज नेपाली कांग्रेसले गरेको निर्णय निर्वाचन आचारसंहिता विपरित छ। त्यसका विरुद्ध हामीले आयोगमा उजुरी दिएका छौँ,’ बर्तौंलाले भनेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका यादव सत्ता गठबन्धन का उपराष्ट्रपति उम्मेदवार हुन्। यता, एमालेले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ
।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यो गठबन्धन पाँच वर्ष टिक्छः माधव नेपाल
- बैंकलाई महँगोमा ऋण दिँदा बिग्रिन्छ भन्ने डर, ब्याज घटेपछि दिने
- घरजग्गा व्यवसायी संकटमा, घर तथा अपार्टमेन्ट किन्दा गाडी उपहार
- ९० वर्षका विश्वकै बुढा बडिबिल्डर, राखे गिनिज बुकमा रेकर्ड
- प्रधानमन्त्रीलाई एमालेको प्रश्नः अर्को विश्वासको मत कहिले लिने ?
- रवि लामिछानेलाई राहतः मुद्दा नचल्ने निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा
- सहमतिको प्रयासमा मेरो कुनै खोट थिएनः प्रधानमन्त्री प्रचण्ड
- यति छिटै दोस्रो पटक विश्वासको मत लिनुपर्ला भन्ने सोचेकै थिइनःप्रचण्ड