Dark

जित्नेमा ढुक्क छु–उपराष्ट्रपतिका उमेदवार रामसहाय

३ चैत। उपराष्ट्रपति पदका उमेदवार रामसहायप्रसाद यादवले आफू विजयी हुनेमा ढुक्क रहेको बताएका छन् । उपराष्ट्रपति निर्वाचनअन्तर्गत शुक्रबार बिहान पहिलो मत खसालेपछि सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

उनले आफू सत्ता गठबन्धनको साझा उमेदवार भएको जिकिर गरे । गठबन्धनका कारण आफू निर्वाचित हुने निश्चित रहेको उनको भनाइ छ ।

‘म गठबन्धनको सर्वसम्वत उमेदवार हुँ । जित्नेमा ढुक्क छु,’ उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै