
३ चैत । उपराष्ट्रपति पदमा गठबन्धनकातर्फबाट उमेदवार भएका जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् । निर्वाचित यादवले संघतर्फ १८४ र प्रदेशतर्फ ३२९ सांसदको मत पाए भने पराजित शाक्यले प्रदेशतर्फ १६९ र संघतर्फ १०४ सांसदको मत पाइन् । यस्तै जनमत पार्टीकी ममताले प्रदेशतर्फ १५ सांसदले मत पाउँदा संघतर्फ २३ सांसदको मत पाइन् । उम्मेदवारी निष्क्रिय बनाएपनि जसपाकी प्रमिला यादवले प्रदेशतर्फ १ सांसदको मत पाइन् ।
उपराष्ट्रपति निर्वाचन अन्तरगत शुक्रबार बानेश्वरस्थित संसद भवनमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । मतदान सकिएसँगै मतगणना सुरु भएको हो ।
निर्वाचनमा ८२९ मत खसेको थियो । जसमा संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यो गठबन्धन पाँच वर्ष टिक्छः माधव नेपाल
- बैंकलाई महँगोमा ऋण दिँदा बिग्रिन्छ भन्ने डर, ब्याज घटेपछि दिने
- घरजग्गा व्यवसायी संकटमा, घर तथा अपार्टमेन्ट किन्दा गाडी उपहार
- ९० वर्षका विश्वकै बुढा बडिबिल्डर, राखे गिनिज बुकमा रेकर्ड
- प्रधानमन्त्रीलाई एमालेको प्रश्नः अर्को विश्वासको मत कहिले लिने ?
- रवि लामिछानेलाई राहतः मुद्दा नचल्ने निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा
- सहमतिको प्रयासमा मेरो कुनै खोट थिएनः प्रधानमन्त्री प्रचण्ड
- यति छिटै दोस्रो पटक विश्वासको मत लिनुपर्ला भन्ने सोचेकै थिइनःप्रचण्ड