Dark

स्ववियु निर्वाचनको सुरक्षा चुस्तदुरुस्त बनाउन सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन

खबरमुकाम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्ववियु निर्वाचनको सुरक्षा चुस्तदुरुस्त बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । 

शनिबार गृहसचिवसहित तीनवटै सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार डाकेर प्रधानमन्त्री दाहालले पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिँदै उक्त निर्देशन दिएका हुन् । 

साथै समाजमा भएका अन्य सुरक्षा सतर्कतालाई भरपर्दो र विश्वसनीय बनाउन पनि निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

यस्तै प्रधानमन्त्रीले मिटरव्याजीलाई कारबाही गर्ने कानुनी र राजनीतिक समस्या रहेको प्रति पनि चिन्ता व्यक्त गरे । उनले   मिटरव्याजीलाई प्रशासनिक क्षेत्रले कहिकतै संरक्षण गरेको सुनिन आएको  भन्दै यसबारे पनि निगरानी गर्ने निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै