
६ चैत । ब्याज निक्कै महँगिएपछि बैंकहरुले नै ऋणीको क्षमता पुग्दैन भनेर ऋण रोक्न थालेका छन्। वैशाखबाट अलिकति ब्याज घटेपछि ऋण दिने सुरुमा बैंकहरु पुगेका छन् ।
पछिल्ला दिनहरुमा बैंकको ऋण बढ्नुको साटो उल्टो घट्न थालेको छ। ‘महँगो ब्याजमा कसरी व्यवसाय चल्ला र ?’ भन्दै बैंकहरु नै ऋण दिन निरुत्साहित देखिएका हुन्।
‘अहिले त माग निकै कम छ। समग्र अर्थतन्त्र पनि सुस्त देखिएको छ। ब्याज मात्र होइन, व्यवसायीक मनोबलका कारण पनि ऋणको माग सुस्त भएको हो,’ बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए । ‘आगामी दिन ब्याज पनि घट्ने र मनोबल पनि बढ्न थालेपछि ऋण सहज हुँदै जाला,’ उनको भनाई थियो ।
अहिले मुद्दतीको ब्याज दर ११ प्रतिशत छ। आधाभन्दा बढी निक्षेपको लागत १२ प्रतिशत बढी (पहिले नै मुद्दतीमा राखेको तर परिपक्व नभएको) छ। यस हिसाबले महँगो ब्याजमा ऋण लिएर गरेको व्यवसायले त्योभन्दा बढी प्रतिफल दिनुपर्ने हुन्छ। त्यो दिन सक्ने अवस्था अहिले नरहेको बैंकरको भनाइ छ।
यद्यपि सिमेन्ट उद्योगले भने बिस्तारै गति लिन थालेको छ। त्यस क्षेत्रको बिक्री बढेको रिपोर्ट बैंकहरुले पाउन थालेका छन्।
पोहोर निक्षेपको तुलनामा ऋण लगानी उच्च थियो। यसपाली निक्षेपको वृद्धिभन्दा आधा मात्र ऋण बढेको देखिन्छ। नेपाल राष्ट्र बैंकले ऋण वृद्धिको लक्ष्य १२.६ प्रतिशत राखेको छ। तर, ऋणको वृद्धि निकै न्यून छ। चालु आर्थिक वर्ष लागेयता नै ऋण वृद्धि छैन।
मंसिरसम्म जेनतेन गइरहेको ऋण त्यसयता घट्न थालेको बैंकरहरु बताउँछन्। ‘नयाँ दिने त परको कुरा भयो, पुरानै ऋण पनि घट्न थालेको छ,’ एक बैंकरले भने, ‘ऋण तिर्ने क्षमता घटिरहेको छ भने थप ऋण लगेर के गर्ने भन्ने त्रास पनि होला।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- एक घण्टाका लागि स्थगित प्रतिनिधि सभा बैठक भोलि बस्ने
- नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, एक अर्ब ६५ करोडको कारोबार
- संसद् बैठक १ घण्टाका लागि स्थगित
- सरकारले नै संविधान मिच्यो : एमाले सचेतक गिरी
- शान्तिराम भट्टराईद्वारा रचित ‘चन्द्र सूर्य राष्ट्रिय गीत’ सार्वजनिक
- पार्टीको नेतृत्व गर्ने अवसर युवा पुस्तालाई दिने देउवाको उद्घोष [भिडियो]
- सेयर लगानीकर्ताहरूले लगाए ब्रोकर अफिसमा ताला
- एक हजार सात सय रुपैयाँले घट्यो सुनको मूल्य