
सामान्यतया विद्यालयको बिदाइ सन्देशमा भविष्य वा उच्च शिक्षाको शुभकामना दिइन्छ । तर, नेपाली विद्यार्थीको बाध्यता भनेको उच्च शिक्षा अध्ययन गर्न वा कामको शिलशिलामा खाडी जानु । राम्रो अंक प्राप्त गर्ने र आर्थिक अवस्था राम्रो भएकात अमेरिका, युरोप, जापान, अस्ट्रेलिया, क्यानडा वा बेलायत जालान । तर अंक राम्रो पनि नभएको, पैसा पनि नभएकाहरुका लागि भनेखाडीनै अन्तिम विकल्प रहदै आएको छ । यस्तै वास्तविकता आधारित अवस्था भक्तपुरको बागेश्वरी माविबाट बिदाइ हुँदै गरेका कक्षा १२ का एक विद्यार्थीले आफ्नो साथीको सर्टमा लेखेको सन्देशले देखाएको छ । उनले लेखेको, ‘खाडीमा भेटौंला’ शन्देश यतिबेला भाइरल बनेको छ ।
काभ्रेपलाञ्चोकको तिमाल घर भएका निराजन मैनालीले बुधबार विद्यालयमा आयोजित कक्षा १२ को बिदाइ कार्यक्रममा आफ्ना साथी निरज तामाङको पिठ्यूँमा ‘खाडीमा भेटौंला’ भन्ने सन्देश लेखेका हुन्। ‘साथीले मेरो सर्टमा जापानको यात्रा सफल रहोस् भनेर लेखे,’ मैनालीले भने, ‘तर मलाई त्यो विश्वास लागेन, त्यसैले खाडीमा भेटौंला भनेर उसको सर्टमा लेखें।’
‘पार्ट टाइम’ काम गरेर पढ्दै आएका मैनालीले आफूले योभन्दा बढी पढ्न नसक्ने बताए। ‘काम गर्दाको अनुभव र मुलुकको अवस्था देखेर यहाँ टिक्न सकिन्न भन्ने लाग्यो,’ उनले भने, ‘अब बाहिर जाने तयारीमा लाग्छु।’ सानो उमेरदेखि बैंकमा काम गर्ने सपना पालेका मैनालीले त्यो सपना पनि पूरा नहुने देखेर बाहिर जान लागेको सुनाए।
त्यस्तै धारणा राखे निरज तामाङले पनि। साथीले आफ्नो सर्टमा खाडीमा भेटौंला भनेर लेखे पनि पहिलो प्राथमिकता भनेको भाषा पढेर जापान अथवा कोरिया जाने रहेको उनले सुनाए। सिन्धुपाल्चोक बलेफीका निरजले सुरुमा पढ्ने क्रममा सफ्टवेयर इन्जिनियर बन्ने सपना पालेका थिए। ‘सानामा देखेका सपना हराउँदै जाँदा रहेछन्,’ उनले भने, ‘अहिले त कसरी हुन्छ विदेश जाने भन्ने मनमा आएको छ।’ यहाँ बसेर पढाइलाई निरन्तरता दिन नसकिने भएपछि बाहिर जाने सोचले जितेको उनले सुनाए।
ललितपुर गोदावरीका विशन नगरकोटीको सपना वकिल बन्ने थियो। तर अहिले उनको सपना फेरिएको छ। उनी पनि वैदेशिक रोजगारीमा जाने तयारीमा छन्। साथीले सर्टमा कोरिया यात्राको सफलताको कामना गरेको छ,’ उनले भने, ‘सके कोरिया जोने हो, नसके खाडी मुलुक त छँदैछ।’ विदेश जाने रहरभन्दा पनि बाध्यता रहेको उनले सुनाए ।
त्यस्तै रामेछापका राजन मानन्धर पनि १२ पछि विदेश जाने सोचमा रहेको सुनाउँछन्। उनको सर्टमा विशन नगरकोटीले ‘वैदेशिक यात्रा’को शुभकामना लेखेका हुन्। ‘मन लागे पनि नलागे पनि बिदेसिनु हाम्रो बाध्यता हो,’ मानन्धर भन्छन्, ‘त्यसैले बिदाइको समयमा सबैले सफल यात्राको शुभकामना लेखे।’ यी बिदाइ सन्देशले सामाजिक सञ्जालमा धेरैको मन छोएको छ। धेरैले यसलाई नेपाली समाजको तितो यथार्थता भनेका छन्। ‘यो १० जोड २ पछि सबै विद्यार्थीको दिमागमा चल्ने तरंग हो,’ सामाजिक सञ्जालमा अजय श्रेष्ठले लेखेका छन्, ‘यो नेपालको दुःखद यथार्थता पनि हो।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेपालको समग्र हीतको रक्षापछि मात्रै संसदको अवरोध हट्छ : ओली
- एक घण्टाका लागि स्थगित प्रतिनिधि सभा बैठक भोलि बस्ने
- नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, एक अर्ब ६५ करोडको कारोबार
- संसद् बैठक १ घण्टाका लागि स्थगित
- सरकारले नै संविधान मिच्यो : एमाले सचेतक गिरी
- शान्तिराम भट्टराईद्वारा रचित ‘चन्द्र सूर्य राष्ट्रिय गीत’ सार्वजनिक
- पार्टीको नेतृत्व गर्ने अवसर युवा पुस्तालाई दिने देउवाको उद्घोष [भिडियो]
- सेयर लगानीकर्ताहरूले लगाए ब्रोकर अफिसमा ताला