Dark

लुुम्बिनी प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्ने

खबरमुकाम । लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने भएको छ। गठबन्धनको केन्द्रमा बनेको  प्याकेजको सहमती अनुसार कांग्रेसले सरकारको नेतृत्व लिने कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए। अब यो प्रदेशको मुख्यमन्त्री कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरी बन्ने जानकारी पुनले दिए ।  

चौधरीलाई मुख्यमन्त्री नियुक्तीको माग गर्दै गठबन्धनमा आवद्ध दलहरुले आजै प्रदेश प्रमुख समक्ष बहुमत सदस्यहरुको हस्ताक्षर बुझाउँदै छन्। कांग्रेस सभापति पुनका अनुसार गठबन्धनमा आवद्ध सबै ५४ सांसदहरुको हस्ताक्षर भैसकेको छ। ‘गठबन्धनमा आवद्ध ५४ माननीय सदस्य ज्यूहरुको हस्ताक्षर भैसकेको छ,’ सभापति पुनले भने । ‘कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्तीको माग सहित गठबन्धनमा आवद्ध सबै दलहरुले प्रदेश प्रमुख समक्ष त्यो हस्ताक्षर आजै बुझाईने छ,’ उनले भने ।

 

सभापति पुनले ५४ सांसदको हस्ताक्षर प्रदेश प्रमुख समक्ष बुझाएपछि वर्तमान मुख्यमन्त्री लीला गिरी अल्पमतमा पर्ने र उनले राजीनामा दिने विश्वास कांग्रेस सभापति पुनले गरेका छन् । गिरीले राजीनामा दिए तत्काल गठबन्धनका तर्फबाट मुख्यमन्त्री नियुक्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै