
खबरमुकाम । संविधान दिवसको अवसरमा सरकारले गत असोज ३ गते घोषणा गरेको विभिन्न मान पदवी, अलंकार र पदकबाट नयाँ वर्षको दिन पारेर गृह मन्त्रालयले राष्टझपति भवनमा आयोजना गरेको विभूषण शुशोभन समारोहमा विभिन्न क्षत्रेका चर दर्जन कलाकर्मीसमेत विभूषित भएका छन्।
समारोहमा राष्टझपति रामचन्द्र पौडेलले अन्य क्षेत्रका व्यक्तित्वसँगै कलाकर्मीलाई पनि विभूषित गरेका हुन्। समारोहमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल, नन्दकृष्ण जोशी र उन्नति बोहोरा शिला सुकीर्तिमय राष्ट्रदीप र मिथिला शर्मा कीर्तिमय राष्ट्रदीपबाट विभूषित भए भने दीपकराज गिरी, शम्भु राई (कुथुमी), प्रदीपलाल श्रेष्ठ, अशोक शर्मा, आलोकश्री (सूर्यकुमार खाती), दीपक जंगम, आनन्द कार्की, अर्जुन श्रेष्ठ, ज्ञानु राणा, निरुता सिंह, चेतन सापकोटा, विराज भद्म (भोजराज भद्म), दयाहाङ राई र सत्यकला राई सुप्रबल जनसेवाश्रीबाट विभूषित भए।
त्यसैगरी मिलन मोक्तान, धर्मराज उपाध्याय, सीताराम पोखरेल, जीतबहादुर देउजा र निर्मल शर्मा प्रबल जनसेवाश्री पदकबाट विभूषित भए भने सुनीता दुलाल, प्रदीप खड्का, कमल सुनार, सन्तोष श्रेष्ठ, दीपक शर्मा, माधवराज खरेल, शिवराम विक, रमेश कोइराला, सनम कठायत, कुमार बस्नेत (विक्रान्त), कुलमान नेपाली, मनोहर सुनाम परियार, डिल्लीनारायण पाण्डे, सुरेशकुमार नेपाल परियार (यशकुमार), सानुकान्छा शाही जनसेवाश्रीबाट विभूषित भए। त्यस्तै, प्रभाकर शर्मा, इन्द्रबहादुर खत्री, कृष्णबहादुर विक, नवीन पौडेल र किरण गजमेरले नेपाल सेवा प्रवीण प्राप्त गरे। कलाकर्मी कृष्ण मल्लले भने फेसबुकमा स्ट्याटस लेख्दै कीर्तिमय राष्ट्रदीप लिन अस्वीकार गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेपालको समग्र हीतको रक्षापछि मात्रै संसदको अवरोध हट्छ : ओली
- एक घण्टाका लागि स्थगित प्रतिनिधि सभा बैठक भोलि बस्ने
- नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, एक अर्ब ६५ करोडको कारोबार
- संसद् बैठक १ घण्टाका लागि स्थगित
- सरकारले नै संविधान मिच्यो : एमाले सचेतक गिरी
- शान्तिराम भट्टराईद्वारा रचित ‘चन्द्र सूर्य राष्ट्रिय गीत’ सार्वजनिक
- पार्टीको नेतृत्व गर्ने अवसर युवा पुस्तालाई दिने देउवाको उद्घोष [भिडियो]
- सेयर लगानीकर्ताहरूले लगाए ब्रोकर अफिसमा ताला