
खबरमुकाम । घरेलु टोली नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
यससँगै नेपाल एसिया कपमा छनोट भएको छ । यूएईले दिएको ११७ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा पुरा गरेको थियो । नेपालका लागि गुल्शन झा र भीम सार्कीले उत्कृष्ट साझेदारी गरे ।
२२ रनमै तेस्रो विकेट गुमाएको अवस्थाबाट उकास्दै उनीहरुले नेपाललाई जितसम्म पुर्याए । गुल्शनले यूएईविरुद्ध दोस्रो अर्धशतक बनाएका छन् । अब नेपालले यसै वर्ष पाकिस्तानमा हुने एसिया कप खेल्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, एक अर्ब ६५ करोडको कारोबार
- संसद् बैठक १ घण्टाका लागि स्थगित
- सरकारले नै संविधान मिच्यो : एमाले सचेतक गिरी
- शान्तिराम भट्टराईद्वारा रचित ‘चन्द्र सूर्य राष्ट्रिय गीत’ सार्वजनिक
- पार्टीको नेतृत्व गर्ने अवसर युवा पुस्तालाई दिने देउवाको उद्घोष [भिडियो]
- सेयर लगानीकर्ताहरूले लगाए ब्रोकर अफिसमा ताला
- एक हजार सात सय रुपैयाँले घट्यो सुनको मूल्य
- सेती जलविद्युत् आयोजना अन्तिम चरणमा