Dark

अवैध लागूऔषधसहित पक्राउ     

खबरमुकाम । काठमाडौं महानगरपालिका-३२ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन १० ग्राम ५ सय मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ७० हजार रुपैयाँसहित पाँचथर फिदिम नगरपालिका-१० ठेगाना भएका ३९ वर्षीय दिनेश लोवालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। 

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनको साथबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ५ सय मिलिग्राम र सोही ठाउँस्थित डेरा कोठाबाट थप ९ ग्राम खैरो हेरोईन, डिजिटल तराजु १ थान र नगद ७० हजार रुपैयाँ बरामद गरेको हो।  
    
ललितपुर, महालक्ष्मी नगरपालिका-८ लुभुबाट अवैध लागूऔषध खैरो हेरोईन २ ग्रामसहित पाँचथर फिदिम नगरपालिका-१ ठेगाना भएका २९ वर्षीय निश्चत श्रेष्ठलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।  

कैलाली, टीकापुर नगरपालिका-९ खैरीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन करिब २ सय मिलिग्रामसहित गौरीगंगा नगरपालिका-६ बस्ने १६ वर्षीय किशोरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो। 
    

 

महोत्तरी, एकडारा गाउँपालिका-३ अजमरपट्टीबाट अवैध लागूऔषध गाँजा करिब १ सय केजीसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मकवानपुर भिमफेदी गाउँपालिका-१ बस्ने २९ वर्षीय रुपेश गोले र सोही ठाउँ बस्ने २६ वर्षीय अनिल पाख्रिन रहेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले प्रदेश ३-००१ क ०२६९ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी ट्रकका चालक रुपेश र सहचालक अनिललाई पक्राउ गरेको हो । 
    
बारा, सिम्रौनगढ नगरपालिका-७ कवलपुर बोर्डर एरियाबाट अवैध लागूऔषध गाँजा करिब ३५ केजी सोमबार राति प्रहरीले बरामद गरेको छ। प्रहरी चौकी अमृतगंज खजानी र बिओपी गोलागंजबाट खटिएको संयुक्त टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिहरूले उक्त गाँजा फाली फरार भएपश्चात प्रहरीले बरामद गरेको हो। हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै