Dark

महानगरले हटायो सिहंदरबार अगाडिका अवैध संरचना

खबरमुकाम । काठमाडौँ महानगरपालिकाले सिहंदरबार अगाडि राष्ट्रिय वाणिज्य बैंकदेखि नेपाल टेलिकम केन्द्रीय कार्यालय वरिपरिका अवैध संरचना र अव्यवस्थित फोहरमैला हटाएको छ ।

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले तीन दिन अगाडिदेखि भवन वरिपरिका अव्यवस्थित फोहरमैला हटाउन माइकिङ गरिएको र आज महानगरले विशेष सरसफाइ अभियान सञ्चालन गरेको जनाएका छन्। सिंहदरबारको पश्चिमगेट अगाडि पुल मुनीका रेष्टुराँलगायतले निर्माण गरेका अवैध संरचना र टुकुचा खोला वरपर शौचालयलगायतका संचना हटाइनुका साथै खोला वरपर सफा गरिएको जनाइएको छ ।

 

त्यस्तै, प्रहरी प्रमुख पाण्डेका अनुसार सरकारी कार्यालय अगाडि अवैध संरचना तथा अव्यवस्थित फोहरमैला राखेमा जरिवाना गर्नुपर्ने विषयमा छलफल चलिरहेको छ। उनले महानगरले विभिन्न ठाउँमा प्रत्येक दिन सरसफाइ अभियान सञ्चालन गर्दै आएको तथा आगामी शनिबार वृक्षरोपणको कार्यक्रम गर्ने पनि जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै